सूचना विभाग द.नं. ६२९/०७४-७५

वातावरण दिवसको अवसरमा सल्लेरीमा वृक्षारोपण

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: जेठ २२, २०७६

२२ जेठ २०७६/सोलुखुम्बु समाचार - सल्लेरीमा बृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइएको छ । सोलुदुधकुण्ड नगरपालिका र डिभिजन वन कार्यालय सोलुखुम्बुको संयुक्त आयोजनामा सल्लेरीको बसपार्क क्षेत्रमा वृक्षारोपण गरिएको हो । 

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राई, सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पा, प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगर, सुरक्षा निकायका प्रमुख, कर्मचारी तथा स्थानीयको उपस्थितिमा धुपी, गोब्रे सल्ला लगायत् विभिन्न जातका विरुवाहरु वृक्षारोपण गरिएको सोलुदुधकुण्ड नगरपालिकाले जनाएको छ ।  जिल्ला प्रशासन कार्यालयवाट प्रभातफेरीका साथ कार्यक्रम शुरु भएको थियो ।

सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रको सरसफाईमा बिशेष ध्यान दिँदै टोल टोलमा टोल सुधार समिति गठन गरेर स्थानीयलाई सरसफाईमा जागरुक बनाउने प्रयास गरिरहेको छ । सल्लेरी र आसपासको क्षेत्रमा नगरपालिकाले नियमित रुपमा फोहोरसमेत संकलन गर्ने गरेको छ ।

वातावरणलाई बिशेष ध्यान दिँदै सोलुदुधकुण्ड नगरपालिकाले केही महिना अघि नगरक्षेत्र भित्र प्लाष्टिक प्रयोगमा प्रतिबन्ध गरेको थियो ।

 

11


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स