सूचना विभाग द.नं. ६२९/०७४-७५

स्थानिय सञ्चित कोष ब्यवस्थापन प्रणाली (SUTRA) उपयोगी

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: जेठ २४, २०७६

२४ जेठ २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुमा स्थानिय सञ्चित कोष ब्यवस्थापन प्रणाली (SUTRA) जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सल्लेरीमा मंगलबारदेखि शुरु भएको प्रशिक्षण हिजो बिहिबार सम्पन्न भएको हो । समापन कार्यक्रममा महाकुलुङ गाउँपालिकाका प्रमुख सागर किरातीले व्यवहारिक रुपमा संघियता कार्यान्वयनका लागि लेखा प्रणाली तथा SUTRA कोसे ढुंगा साबित हुने बताए ।

प्रशिक्षक महालेखा नियन्त्रक कार्यालयका प्रमुख बाबुराम सुबेदीले संघियता सफल बनाउन आर्थिक कार्य विधिलाई सबैले अनुसरण गर्दै त्यसका व्यवस्थाहरु प्रयोग गर्नुपर्ने बताए । उनले कार्यान्वयका क्रममा कुनै प्रकारको चुनौति आए सहयोग गर्न महालेखा परिक्षकको कार्यालय तयार रहेको समेत बताए । कार्यक्रममा कोष तथा लेखा नियन्त्रक राजेन्द्रकुमार श्रेष्ठले प्रशिक्षणमा सिकेका सिपको व्यवहारिक प्रयोगमा जोड दिए । समापनको क्रममा श्रेष्ठले राजनैतिक तथा प्रशासनिक नेतृत्वले सोलुखुम्बु जस्तो दुर्गम विकट जिल्लामा रहेर जनसेवामा रहेको कर्मचारीको वृत्ति विकास तथा सेवा सुविधा लगायत्मा सिंहदरबारको आँखाले नभई सगरमाथाको आँखाले हेर्नु पर्ने आवश्यक्ता औल्याए । 

महालेखा नियन्त्रक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयको आयोजनामा भएको प्रशिक्षणमा सोलुखुम्बुको स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, लेखा प्रमुख तथा सहायक, कार्यक्रम तथा बजेट हेर्ने अधिकारी र आइटी अधिकारीको सहभागिता रहेको थियो ।

तीन दिने प्रशिक्षणमा कोष व्यवस्थापन तथा लेखासँग सम्बन्धित धेरै कुरा सिक्ने अवसर प्राप्त भएको सहभागीहरुले बताए । समापनका क्रममा महाकुलुङ गाउँपालिकाका प्रमुख सागर किराती र महालेखा नियन्त्रक कार्यालयका प्रमुख बाबुराम सुबेदीले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

नेपाल सरकार मन्त्रिपरिषदको बैशाख १६ को निर्णय र संघिया मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जेठ १२ को निर्णय बमोजिम सबै स्थानीय तहमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली मार्फत् बजेट निर्माण खर्च लेखांकन तथा प्रतिवेदन प्रशिक्षण गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका प्रमुख राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 

 

 


 

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स

माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक

डि.वि.खालिङ/१८ मंसिर २०७६ - माप्य दुधकोशी गाउँपालिकाले ग्रामिण आँखा क्लिनिक औपचारिक रुपमा शुरु गरेको छ । त

अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै

१७ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुमा निर्माणधिन अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीले मंसिर