सूचना विभाग द.नं. ६२९/०७४-७५

प्रदेश १ सरकारले ल्यायो ४२ अर्ब २० करोडको बजेट (पूर्णपाठ सहित)

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: असार १, २०७६

असार १, २०७६/विराटनगरः प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आबोले आज संसदमा प्रस्तुत गरेको उक्त बजेटको ४३ प्रतिशत चालुु खर्चका लागि विनियोजन गरिएको हो । 

कुल विनियोजन मध्ये चालुतर्फ १८ अर्व ५४करोड ६४ लाख ७६ हजरआर्थात४३.९३ प्रतिशत र पुजिगततर्फ २३ अर्व ३९ करोड ३९ लाख ३४ हजार आर्थत ५५.९ प्रतिशत रकम छुट्याएको छ ।  वित्तिय व्यवस्थापन ८ करोड र अन्तरसरकारी हस्ताण्तरण अन्तर्गत ९९ करोड ९९ लाख विनियोजन गरिएको छ । सडक तथा पुला पूर्वाधारका लागि ८ अर्व विनियोजन गरिएको छ । 

बजेटमा कृषिलाई उच्च प्राथमिकतमा राखिएको छ । जसका लागि कृषि, पशुुपंक्षी एवम सहकारीका लागि ४ अर्व बजेट विनियोजन गरिएको छ । पर्यटन क्षेत्र विकाका लागि १अर्व ६६ करोड, बन तथा वातावरणका लागि १ अर्व २० करोड, सिँचाइ एवम नदी नियन्त्रण्का लागि ३ अर्व २० करोड र शिक्षा एवंम स्वास्थ्यका लागि क्रमश १ अर्व २८ करोड र १ अर्व ७ करोड रकम विनियोजन गरेको छ । 

त्यस्तै विभिन्न कार्यक्रम अन्तर्गत ९० वर्ष कटेका बृद्ध व्यत्तिःका लागि महिनाको ५ हजार सामाजिका सुरक्षा भत्ता उपलब्धगराइने छ । त्यस्तै प्रदेश सरकार अन्तर्गतका कार्यालयमा काम गरेर १ वर्ष पुरा गरेका कर्मचारीलाई भ्रमण खर्च वापत २५ हजार र भ्रमण बिदा ६दिन दिने व्यवस्था गरिने छ । 

चालु आर्थिक वर्षका लागि विनियोजित अघिल्लो बजेट ३५ अर्व ९३ करोड रहेको थियो । प्रदेश एक सरकारको पुुँजिगत खर्च १९ प्रतिशतमात्र भएको छ ।


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स