सूचना विभाग द.नं. ६२९/०७४-७५

चर्चामा "मेरो बिहे भा' छैन" (भिडियो)

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: असार २१, २०७६

सञ्चारकर्मी शिखर गजरकोटेको शब्द रहेको "यति कुरा था छ कि छैन,धरोधर्म मेरो बिहे भा' छैन" " गीत डिजिटल बजारमा चर्चा कमाउँदै अघि बढेको छ । एक हप्ता अघि युट्युव मार्फत् सार्वजनिक गरिएको गीत करिब डेढ लाखले हेरिसकेको छन् । सोलुखुम्बुलाई कर्मथलो बनाइ रहेका गजरकोटेको शब्दमा धर्मराज पोखरेल, सुरेशरमण अधिकारी, देवी घर्ति मगर र स्मृती शाहीले स्वर दिएका छन् ।

पश्चिमेली शैलीको ‘यत्ति कुरा’ मा बिबी अनुरागीको संगीतसंयोजन रहेको छ । गीतसँगै भिडियो पनि राम्रो बनेको गायक धर्मराज पोखरेलले बताए । गीतको भिडियो निर्देशन चर्चित कलाकार शंकर बिसीले गरेका हुन् ।

शंकरको निर्देशनमा रहेको भिडियोमा शंकरलाई अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीले साथ दिएकी छन् । अहिलेको डिजिटल बजारमा सर्वाधिक सफल मानिएको प्रकाश सपुतको नयाँ गीत गलबन्दी मा अभिनय गरेकी अञ्जलीको अभिनयले भिडियोलाई थप उचाई दिएको छ । कृष्ण फिल्मस्को ब्यानरमा निर्माण गरिएको भिडियोमा दुर्गा पौडेलले दृष्य छायांकन गरेका हुन् भने भिडियो सम्पादन नबिन घर्ती मगरले गरेका छन् ।

गीतको प्रारम्भिक सफलताले आफ्नो टिम उत्साहित भएको सर्जक शिखर गजरकोटेले बताए । गीतले यतिखेर टिकटकमा पनि राम्रै चर्चा कमाउन थालेको छ । गजरकोटेको सिर्जनामा दर्जनौ लोक भाकाका गीतहरु बजारमा आएकाछन् । गजरकोटे आफै गायक समेत हुन् ।


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स