सूचना विभाग द.नं. ६२९/०७४-७५

“किवी” मा सोलुका जाङबु

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: फाल्गुन ३, २०७४

२४ असार, सोलुखुम्बु - ६० बर्षको उमेरसम्म परम्परागत खेतीमा समय खर्चेका जाङबु शेर्पा यतिखेर मक्ख छन् । तीन बर्ष अघि किवी खेती शुरु गरेका शेर्पाको बारीमा लटरम्म किवी फल्न शुरु गरेको छ । सोलुदुधकुण्ड नगरपालिका ७ गार्माको झण्डै १८ रोपनी जमिनमा तीन बर्ष अघि किवी खेती शुरु गरेका शेर्पाले किवीवाट गत बर्षदेखि नै आम्दानी लिन शुरु गरेका हुन् । “पोहोर साल ५० हजार जतिको बेचें, यस बर्ष पाँच लाख जति हुन्छ होला” ६३ बर्षिय शेर्पाले भने । गत बर्ष उनले प्रति केजी तीन सय रुपैयाँको दरले घरैवाट किवी बेचेको बताए ।

सोलुखुम्बुमा यतिखेर करिब ८ हेक्टर जमिनमा किवी खेती गरेको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुको अनुमान छ । बरिष्ठ कृषि विकास अधिकृत नेत्रप्रसाद भण्डारी भन्छन् “हामीले परम्परागत खेती प्रणालीवाट आधुनिक र नगदे बालीतर्फ कृषकलाई आकर्षित गराउने प्रयास गरिरहेका छौं, सोलुखुम्बुमा किवीको पनि राम्रो सम्भावना छ ।” 
दुई तीन बर्ष पछि जाङबुको किवी खेतीवाट बार्षिक आम्दानी २० लाखदेखि माथि हुने अनुमान छ । २५० किवीको बोटले फल दिन शुरु गरेको र तीन बर्ष पछि एउटा बोटवाट कम्तीमा पनि ५० केजी किवी फल्ने कृषि विकास कार्यालयका कृषि प्राबिधिकहरुले अनुमान गरेकाछन् । 
“पहिले पहिले आलु मकै भन्दै दुख गरियो, झण्डै पुरै जिन्दगी दुखैमा बित्यो” पसिना पुछ्दै जाङबुले भने । मेहनत अनुसारको फल लाग्दै गरेको उनको खुशीको सिमा छैन । जाङबुले हेवार्ड र मोण्टी जातको किवी खेती गरेकाछन् । 
उनले किवीका लागि करिब ८ लाखको लगानी गरेकाछन् । जसमा व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को अनुदान पनि सामेल छ । सोलुखुम्बुमा यतिखेर तल्लो क्षेत्र सल्यानदेखि माथिल्लो क्षेत्र टाक्सिन्दुसम्म किवी खेती शुरु गरिएको भण्डारीले बताए । 
सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले कृषकलाई नगदे बालीतर्फ आकर्षित गरी जीवन स्तर उकास्न सरकारले लगानी गरे अनुरुप र चाहे अनुरुप प्रतिफल प्राप्त नभएपनि शुरुवात् राम्रो रहेको बताए । उनले भने “शुरुवात् हुनु पनि राम्रो कुरा हो, अहिले धेरै किसान आधुनिक खेतीतर्फ आकर्षित छन् ।” 
कृषकलाई नगदे बालीतर्फ आकर्षित गर्न व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), हिमाली लगायत्का विभिन्न परियोजनाहरुले समेत सहयोग गरेको छ । तरकारी खेतीवाट कृषकहरु किवी, चिराइतो लगायत्को खेतीतर्फ आकर्षित हुन थालेकाछन् ।


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स