सूचना विभाग द.नं. ६२९/०७४-७५

बाटो बन्द हुँदा सोलुखुम्बु, खोटाङ र ओखलढुंगाका यात्रुहरु घुर्मीमा अलपत्र [भिडियो]

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: असार 27, 2076

२७ असार २०७६/ओखलढुंगा — दुईतिर बाटो बन्द भएपछि उदयपुरको घुर्मी बजारमा हजारौं यात्रुहरु दुईदिनदेखि अलपत्र परेका छन् । मानेभन्ज्याङ गाउँपालिका-६ मा पर्ने भाडारे खोलाको बाढीले सयौं सवारी रोकिएका छन् ।

हेर्नुहोस् भिडियो

त्यसैगरी उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीको कारण काठमाडौं तर्फ आउने सवारी सबै घुर्मी बजारमै रोकिएका छन् ।

अधिकांश यात्रुहरु सोलुखुम्बु, खोटाङ र ओखलढुंगाबाट काठमाडौं तर्फ आउने र जाने छन् । घुर्मी बजारमा यात्रुको भीड भएपछि बास बस्ने होटल भरिएर सुत्ने ठाउँ समेत नभएको सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेका एक यात्रु चतुर राईले टेलिफोनमा बताए । उनले खाना समेत पाइन छोडेको बताए ।

दुईदिन सम्म बाटोमा छेकिादा खर्च सकिँदै गएपछि यात्रुहरु विचल्लीमा परेका हुन् । बाटो खोल्नका लागि स्काभेटर ल्याउन अनुरोध गरेपनि कुनै निकायले नसुनेको गुनासो यात्रुहरुको छ ।
तस्बिर सौजन्यःचतुर राई 
- ekantipur
 
 


 

सोलुखुम्बु विद्युतको राष्ट्रिय प्रशारण लाईनमा जोडिँदै, शनिबार उद्घाटन

उद्घाटन कार्यक्रम झारो टार्ने मात्रै - मेयर शेर्पा / जिल्लाबासीको लागि ठुलो उपलब्धी - सांसद राई / सोलुका

आस्था राउत प्रकरणः संस्कारको कुरा गर्दा संस्कारी हुनुपर्दैन ? (कसले के भने ?)

३ माघ २०७६ - गायिका आस्था राउत फेरि एकपटक समाचारका हेडलाइनमा छाएकी छिन् । प्रहरीलाई गाली गलौज गरेको भिडि

गएरातिदेखि झरीः यस्तो छ तीन दिनको मौसम

३ माघ २०७६ - मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। अहि