सूचना विभाग द.नं. ६२९/०७४-७५

एसईईमा नयाँ व्यवस्था, अब पूरक परीक्षा सबैले दिन पाउने

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: श्रावण ७, २०७६

साउन ७, २०७६/काठमाडौं–परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्त विपरित दुई भन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । 

गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवटा विषयसम्म त्यस्तो नतिजा ल्याउने विद्यार्थीलाई परीक्षामा सामेल गराउने सूचना पनिकाले सार्वजनिक गरेको थियो । यद्यपि ‘माथिको आदेश’मा सूचना परिमार्जन गर्नुपरेको पनिकाका पदाधिकारीहरूले बताएका छन् ।

पूरकको सिद्धान्तअनुसार बढीमा दुई विषयसम्मको पुनः परीक्षा दिन पाइन्छ । नयाँ सूचनाअनुसार परीक्षार्थीले चाहेजति सबै विषयमा पूरक परीक्षा दिन पाउने छन् । 

 


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स