कक्षा १२ को नतिजा - माथिल्लो जीपिए ल्याउने ३ हजार मात्रै
- सोलुखुम्बु समाचार
- प्रकाशित मिति: श्रावण १४, २०७६

भक्तपुर - कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत बैशाखमा भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको हो । गत बर्षबाटै बोर्डले ग्रेडिङ्मा नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो । नियमित तर्फ परीक्षामा सहभागी २ लाख ९२ हजार १ सय ५३ मध्ये सबै भन्दा माथिल्लो जीपए अर्थात् ३.६१ देखि ४.०० सम्म ल्याउने विद्यार्थी जम्मा ३ हजार ६७ रहेका छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ रहेको छ ।
नतिजा थाह पाउन यहाँ क्लिक गर्नुहोस् : कक्षा १२ को नतिजा २०७६
सबै भन्दा धेरै विद्यार्थी २.०१ देखि २.४० जिपीए ल्याउने छन् उक्त समूहमा ८६ हजार २ सय २७ रहेका बोर्डले जनाएको छ । यसैगरी १.६१ देखि२.०० जिपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ र २.४१ देखि २.८० सम्म ल्याउनेको संख्या ५६ हजार ५ सय ३ रहेको छ ।
१.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् ।
परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी रहेका बोर्डले जनाएको छ । ग्रेडिङ पद्दति अनुसार ९ वटा तहको ग्रेड अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिक तर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको बोर्डले जनाएको छ । ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंक तर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । बोर्डले गत वर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धति अनुसार प्रकाशित गर्न थाले पनि आँशिकको भने पुरानै तरिकाले सार्वजनिक गर्दै आएको छ ।
दुई बर्ष अघि सम्म पहिलो चरणमा विज्ञानको मात्रै नतिजा सार्वजनिक गर्ने क्रमलाई अन्त्य गर्दै बोर्डले गत बर्षबाट सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न शुरु गरेको हो । गत बर्षको नतिजा साउन १७ गते सार्वजनिक भएको थियो । यस बर्षको नतिजा सार्वजनिक गर्नु अघि सोमबार दिउँसो बसेको बोर्ड बैठकले नतिजालाई अन्तिम रुप दिने औपचारिक निर्णय गरेको थियो ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा
विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स

माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक
डि.वि.खालिङ/१८ मंसिर २०७६ - माप्य दुधकोशी गाउँपालिकाले ग्रामिण आँखा क्लिनिक औपचारिक रुपमा शुरु गरेको छ । त

अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै
१७ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुमा निर्माणधिन अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीले मंसिर
-
सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा
-
माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक
-
विद्युत परीक्षण प्रसारण हुने सम्बन्धी अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीको सुचना
-
अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै
-
माप्य - खुम्बु मितेरी पुलको शिलान्यास
-
सदस्यहरुलाई दोर्पू नेवार समाजको सम्मान, सामाजिक हितका लागि अक्षयकोषको स्थापना
-
सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा
-
माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक
-
अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै
-
माप्य - खुम्बु मितेरी पुलको शिलान्यास
-
सदस्यहरुलाई दोर्पू नेवार समाजको सम्मान, सामाजिक हितका लागि अक्षयकोषको स्थापना
-
प्रधानमन्त्री खतरामुक्त
-
जीप दुर्घटनामा मृत्यु हुने ६ जनाको नाम खुल्यो, एक बालिका गम्भिर घाइते
-
अब स्थानीय सरकारको हिसाब खोजिन्छ - बलबहादुर केसी
-
सोलु आउँदै गरेको जिप दुर्घटना, दुई जनाको मृत्यु
-
जीप दुर्घट्ना : दुई महिना पनि टिकेन खुसी
-
लुक्लामा विमान दुर्घटना
-
बाटो बन्द हुँदा सोलुखुम्बु, खोटाङ र ओखलढुंगाका यात्रुहरु घुर्मीमा अलपत्र [भिडियो]
Copyright © 2019 - Solukhumbusamachar.com All rights reserved