सूचना विभाग द.नं. ६२९/०७४-७५

सोलुका सुबाशको 'बाँच्नु जति' सार्वजनिक [भिडियो सहित]

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: श्रावण २४, २०७६

गजलकार सुबाश जमरकट्टेलको शब्द रचना रहेको पहिलो गीत ‘बाँच्नु जती’को भिडियो रिलिज गरिएको छ । गजलकार जमरकट्टेलले सडक दुर्घटना परि मेरुदण्ड पक्षघातका कारण चार महिनासम्म अस्पतालको सैयामा भोगेको पिडालाई गीतको शब्दमा मार्फत व्यक्त गरेका छन् ।

सोलुखुम्बु नेचाका जमरकट्टेल २०७५ पुस १८ गते सिन्धुलीको मुल्कोटमा सडक दुर्घटनामा परेका थिए । प्रतिभाका धनि सुबाशको सिर्जनाले अन्यलाई समेत उत्प्रेरित गर्नेछ ।

सार्वजनिक गीतमा विकास चौधरीले संगीत दिएका छन् । भिडियोमा पछिल्लो समय ट्रेलर सम्पादन मार्फत नै चर्चामा आएका सम्पादक साहिल खान र सायशा बायलकोटीलाई फिचर्ड गरिएको छ । सम्पादन विधामा आफुलाई प्रमाणित गरिसकेका साहिलले फिल्म ‘लभ डायरिज’मा सह(निर्देशकको कार्यभार समेत सम्हालेका छन् ।


दिपक लिम्बुको स्वर रहेको गीतलाई मुभि फ्याक्ट्री र गौतक क्रियसनको प्रस्तुतीमा बिबि फुयाल र बाबुराम थापाले उत्पादन तथा प्रकाशन गरेका हुन् । गीतको सार्वजनिक भिडियोमा डाक्टर मनोज यादव, प्रविन पोखरेल र थेरापिष्ट रमेश खड्काले समेत अभिनय गरेका छन् । विज्ञान राईले निर्देशन गरेको भिडियोका क्रियटिभ निर्देशक एलएन गौतम हुन् । भिडियोलाई नवराज उपे्रतीले छायाँकन गरेका छन् । गीतको भिडियोबाट आएको सम्पुर्ण रकम सामाजिक कार्यमा खर्च गरिने निर्माण टिमले जनाएको छ ।

 


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स