सूचना विभाग द.नं. ६२९/०७४-७५

सिरिया बेचिन लागेका ९ जना नेपाली चेलीको यूएर्इबाट यसरी भयो उद्धार

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: फाल्गुन ३, २०७४

१४ फेब्रुअरी, यूएई । पैसा कमाउने आशामा ९ जना नेपाली चेलीले यूएर्इको यात्रा तय गरे । उनीहरू यूएर्इको अजमान सहरमा पुगे । तर, उनीहरू अजमान सहरमै बन्धक बन्नु पर्‍यो । बन्धक बन्नु परेको कारण थियो, भिजिट भिसा । उनीहरूलार्इ कसैले भारतको बाटो हुँदै झुक्याएर भिजिट भिसामा त्यहाँ पुर्‍याएको थियो ।

गत डिसेम्बर १७ तारिखमा उनीहरू बन्धक भएको जानकारी गैरआवासीय नेपाली संघ यूएईसम्म अइपुग्यो । कानूनको पूर्ण पालना हुने देशमा उनीहरूलार्इ मुक्त गर्न निकै कठिन थियो । एनअरएनको पहलमा यूएर्इस्थित नेपाली दूतावास र स्थानीयको प्रशासनको सहयोगमा अहिले उनीहरूको उद्धार भएको छ । बन्धक बनाइएकी मध्ये एक जना महिला भागेर नेपाली दूतावासमा पुगेपछि उनकै सूचनाका अाधारमा अन्य ८ जना महिलाको समेत उद्धार गर्न सहज भएको हो । दुर्इ दिनको प्रयासपछि उनीहरूको उद्धार गरिएको थियो ।

उद्दार पश्चात नेपाली राजदूतावासकै सेल्टरमा राखेर उनीहरूलार्इ नेपाल पठाउने प्रक्रिया सुरु गरिएको थियो । दूतावास र एनआरएन यूएईको पहलमा ९ जना पीडित नेपाल फर्किसकेका छन् । उनीहरू मध्ये एक जनालार्इ एनआरएनले नै टिकट उपलब्ध गराएर नेपाल पठाएको छ । यो उद्धार कार्यमा एनअरएनए यूएर्इका उपाअध्यक्ष बालकृष्ण मरासिनी लगायत खटिएका थिए । उद्धार गरिएका महिलाहरु १८ वर्षे किशोरीदेखि ४४ वर्षसम्मका छन् । उनीहरु रोल्पा, धनकुटा सोलुखुम्बु, सुनसरी लगायत जिल्लाका हुन् ।

पीडित महिलाहरुलाई यूएईमा ल्याउने मुख्य भूमिकामा धनकुटा घर भएका सुजन भण्डारी र उर्लाबारी मोरङ्की एलिसा राई साथै भारतमा रहेका एजेन्ट कृष्ण पाण्डे र जीवन पुनसँगै यूएईमै अर्को एजेन्ट बिरु पनि संग्लन रहेको बुझिएको छ । उनीहरूले नेपाली चेलीहरूलार्इ झुक्याएर कुर्दिस्तान, सिरिया लगायतक देशमा बेच्न लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यूएईमा रहेका सबै एजेन्टहरुको पूरा परिचय खुल्ने कागजात स्थानीय प्रशासनले लिएर निगरानीमा राखेको जानकारी छ । - onlinekhabar


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स