सूचना विभाग द.नं. ६२९/०७४-७५

स्थानीय सँस्कृति र उत्पादनको संगम 'थुलुङदुधकोशी गाउँपालिका महोत्सव'

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: मंसिर ६, २०७६

६ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका महोत्सव तथा दोस्रो अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता मुक्लीमा शुरु भएको छ । भव्य समारोहका बीच प्रतिनिधी सभाका सांसद हेमकुमार राईले बिहिबार महोत्सवको उद्घाटन गरे । स्थानीय सँस्कृति र उत्पादनको बेजोड संगम देखिएको महोत्सव उद्घाटन गर्दै सांसद राईले स्थानीय सरकारको पूर्ण अभ्यासको प्रयास थुलुङदुधकोशी गाउँपालिकाले गरेको बताए । उनले अत्यन्तै सक्रियताकासाथ क्रियाशिल भएर जनप्रतिनिधी विकासको काममा लागि परेको भन्दै सह्राना गर्दै तीन बर्ष भित्र सोलुखुम्बुको कुनाकन्दरामा बिजुली पुर्याउन आफूहरु लागिपरेको दाबी गरे ।

प्रदेश सांसद एवं प्रदेश नम्बर १ नेकपा संसदीय दलका प्रमुख सचेतक बद्धिकुमार राजभण्डारीले सोलुखुम्बुमा विकास बजेट इतिहासमा नै सबैभन्दा बढि आफूहरुले भित्र्याएको दाबी गरे । उनले बजेटको सही सदुपयोग गर्न खबरदारी गर्न आग्रह गर्दै सोलुखुम्बु उज्यालो नबनाई यहाँवाट उत्पादित बिजुली बाहिर लान नदिने दोहोर्याए ।

प्रदेस सांसद उत्तमकुमार बस्नेतले थुलुङ दूधकोशीलाई ‘पर्यटन हब’को रुपमा विकास गर्नका लागि ठाउँठाउँमा पक्की, झोलुङगे, काठे पुल, सडक तथा अन्य भौतिक संरचना निर्माणमा लागिरहेको बताए ।

कार्यक्रममा थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई सघाउ पुर्याउन महोत्सव आयोजना गरिएको भन्दै नमुना गाउँपालिकाका रुपमा थुलुङ दूधकोशी गाउँपालिकालाई स्थापित गर्न आफूहरु योजनाबद्ध रुपमा लागेको बताए । उनले गाउँपालिकामा सभिल इन्जिनियरिङ र बाली विज्ञानको कक्षा शुरु हुनु गर्वको बिषय भएको भन्दै आगामी दुई बर्ष भित्र जसरी पनि दुधकोशी सामुदायिक अस्पतालको निर्माण कार्य सकिने बताए ।

उद्घाटन कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल, महिला नेतृ मोहनकुमारी कार्की लगायत्ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


महोत्सवमा स्थानीय सँस्कृति र उत्पादनको बेजोड संगम

महोत्सवको अवसरमा मुक्लीमा स्थानीय सँस्कृति र उत्पादनको बेजोड संगम देखिएको छ । जातिगत पोशाकसहित हजारौंको संख्यामा स्थानीयहरु कार्यक्रम स्थलमा उपस्थित भएकाछन् भने स्थानीय सँस्कृतिका विभिन्न पक्ष महोत्सवमा झल्किएको छ । उद्घाटन कार्यक्रममा विभिन्न स्थानीय जातजातिको साँस्कृतिक झाँकी, खानाहरुसमेत प्रस्तुत गरिएको छ । कार्यक्रमका अतिथिहरुलाई आयोजकले मुक्लीमा उत्पादित राडी उपहारस्वरुप प्रदान गरेर र स्थानीय परिकारहरुको स्वाद चखाएर फरक तवरले स्वागत गरे ।

बृहत् कृषि प्रदर्शनीमा विभिन्न उत्पादन लिएर ६३ जना कृषकहरुले सहभागिता जनाएका छन् । महोत्सवको अवसरमा अध्यक्ष रनिङ शिल्डका साथमा महिला पुरुष हाफ म्याराथुन, नृत्य, एकल ट्रयाक गायनसमेत आयोजना गरिएको छ । भलिबल खेलमा पुरुष ३० र महिला ११ जना टिमले सहभागिता जनाएकाछन् ।

_MG_9102

_MG_9093

_MG_9082

_MG_9072 76619249_2737279586315920_5454757853472489472_o_MG_9063 76640158_2737291226314756_791051453148954624_o

_MG_9050 _MG_9045 _MG_9041


 

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स

माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक

डि.वि.खालिङ/१८ मंसिर २०७६ - माप्य दुधकोशी गाउँपालिकाले ग्रामिण आँखा क्लिनिक औपचारिक रुपमा शुरु गरेको छ । त

अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै

१७ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुमा निर्माणधिन अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीले मंसिर