सूचना विभाग द.नं. ६२९/०७४-७५

नेपाल भ्रमण बर्ष अभियानमा गैह्र सरकारी संस्थाले सहयोग गर्ने

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: मंसिर १०, २०७६

१० मंसिर २०७६ - भ्रमण वर्ष २०२० मा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४ सै घण्टा विद्यार्थी खटाइने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) ले आफ्नो स्टूडेन्ट च्याप्टरमार्फत स्वयमसेविकाको रुपमा विमानस्थलमा विद्यार्थीलाई खटाउने भएको हो । यसमा त्रिभुवन विमानस्थलले सहयोग गर्ने भएको छ ।

टूरिजम तथा हस्पिटालिटी सम्बन्धी कलेजमा अध्ययन गरिरहेका विद्यार्थीको प्रयोगात्मक परीक्षाको एक पाटोका रुपमा यस्तो योजना बनाइएको पाटा नेपाल च्याप्टरका सीइओ सुरेशसिंह बुडालले बताए । उनका अनुसार तीन ‘सिफ्ट’मै विद्यार्थी स्वयम्सेवकका रुपमा खटिने छन् ।

नेपाल आउने पर्यटकलाई मिठो बोल्दै स्वागत गर्ने, उनीहरुलाई सहजिकरण गर्ने काम विद्यार्थिले गर्नुपर्ने छ । त्यसका लागि खटिने विद्यार्थीलाई दैनिक खाजा खर्चको व्यवस्था गरिने छ । अहिले विमानस्थलमा खटिने विद्यार्थीहरुलाई पर्यटकसमक्ष गर्ने व्यवहारबारे जानकारी गराउन तालिम दिने काम भइरहेको छ ।

त्रिभुवन विमानस्थलमा कर्मचारी झर्कने, पर्यटकलाई वास्ता नगर्ने गुनासो आउने गर्छ । खासगरी अति भीड हुने समयमा कर्मचारीले व्यवस्थापनमा ध्यान दिन पनि सक्दैनन् । अब यसमा विद्यार्थीले सहयोग गर्ने भएका छन् ।


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स