सूचना विभाग द.नं. ६२९/०७४-७५

‘माइतिलाई माया मारेर’  सार्वजनिक [भिडियो सहित]

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: मंसिर ११, २०७६

सुमित्रा राईको स्वरमा रहेको ‘माइतिलाई माया मारेर’  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राष्ट्रिय गानका रचयिता व्याकुल माइलाको शब्दमा जसिहाङ राईले संगित भर्नुभएको गीतको भिडियो बुधबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।

कार्यक्रममा बौल्दै वरिष्ठ गीतकार व्याकुल माईलाले आफ्नो रचनालाई स्वर, संगित र भिडियोले सोचेभन्दा बढि न्याय गरेको बताए । फरक उद्देश्यहरुको संयोजनले निखारता ल्याएजस्तै यस गितले पनि ज्यादा महत्व पाउने बताए । राम्रो शब्द हुँदा हुँदै पनि संगित र भिडियोमा गरिएको लापर्वाहीले आफ्ना दर्जनौँ गीतहरु गुमनाम भएको गीतकार माईलाले दुखेसो गर्नुभयो । माइतिलाई माया मारेर गीत सम्पुर्ण रुपमा स्तरिय रहेकाले श्रोताले रुचाउने उहाँको विश्वास छ ।

गीतको म्युजिक भिडियोमा फिचरिङ्ग चर्चित हास्या कलाकार उमेश राइ फुल्यानन्देको आमा, सकुन्तला राई, सुमन तमाङको रहेको छ । गाउँले इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको म्युजिक भिडियोमा निर्देसन देभराज गुरुङ को रहेको छ भने छायाङकन र सम्पादन गंगाराम राईको रहेको छ । गायीका सुमित्रा राई नेपाली साङ्गीतिक आकाशमा उदाउँदो व्यक्ति हुन ।


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स