सूचना विभाग द.नं. ६२९/०७४-७५

सागको मार्चपासमा नेपालकाे झण्डा पारसले बोक्ने

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: मंसिर 13, 2076

१३ मंसिर २०७६  - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको झण्डा क्रिकेटर पारस खड्काले बोक्ने भएका छन् । केही महिना अघि मात्र राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका पारसले मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने अवसर पाएका हुन् ।

सागमा नेपालकोतर्फबाट डेपुटी सेफ द मिसन रिम रानाभाटले मार्चपासमा खेलाडीको नेतृत्व गर्दै देशको झण्डा पारसले बोक्ने टुङ्गो लागेको बताए । 'पारसले नै देशको झण्डा बोक्नु हुनेछ ।' उनले भने । खेल जिवनमा प्राप्त गरेको सफलताका आधारका ठुला प्रतियोगितामा खेलाडीको नेतृत्व गर्दै देशको झण्डा बोक्न दिने प्रचलन छ ।

घरेलु भूमिमा आईतबारबाट औपचारिक रुपमा सुरु हुने १३ औं सागमा पारसले सो अवसर प्राप्त गरेका हुन् । राष्ट्रिय क्रिकेट टिमको कप्तानको रुपमा उनले नेपाललाई विश्वकपसम्मको यात्रा तय गराएका थिए । उनकै नेतृत्वमा नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।

‘खेलाडीको रुपमा उनले गरेको योगदानको मुल्याङ्कन गर्दै खेलाडीको झण्डा बोक्न दिने तयारी हो ।’ राखेपका एक अधिकारीले भने ।

तयारी अन्तिम चरणमा

सागको उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । उद्घाटन सत्रमा करिब ७ हजार मानिसले प्रर्दशन गर्ने तयारी गरेका छन् । राखेपका अनुसार उद्घाटन सत्र ३ घण्टा ४० मिनेटको हुनेछ । दिउँसो ३ बजे सुरु उद्घाटन सत्रको औपचारिक सुरुवात हुनेछ ।

उद्घाटनको अघिल्लो दिन ग्रान्ड रिहलसलको तयारी गरिएको छ ।


 

सोलुखुम्बु विद्युतको राष्ट्रिय प्रशारण लाईनमा जोडिँदै, शनिबार उद्घाटन

उद्घाटन कार्यक्रम झारो टार्ने मात्रै - मेयर शेर्पा / जिल्लाबासीको लागि ठुलो उपलब्धी - सांसद राई / सोलुका

आस्था राउत प्रकरणः संस्कारको कुरा गर्दा संस्कारी हुनुपर्दैन ? (कसले के भने ?)

३ माघ २०७६ - गायिका आस्था राउत फेरि एकपटक समाचारका हेडलाइनमा छाएकी छिन् । प्रहरीलाई गाली गलौज गरेको भिडि

गएरातिदेखि झरीः यस्तो छ तीन दिनको मौसम

३ माघ २०७६ - मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। अहि