माप्य–खुम्बु मितेरी पुलको शिलान्यास हुँदै
- सोलुखुम्बु समाचार
- प्रकाशित मिति: मंसिर १३, २०७६

१३ मंसिर २०७६ - माप्य दुधकोशी गाउँपालिकाको गौरबको आयोजना माप्य–खुम्बु मितेरी (ओर्लाङघाट) मोटरेबल पुलको भोली शिलान्यास हुँदैछ । गाउँपालिकाले दिएको जानकारीअनुसार सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेमकुमार राईले उक्त पुलको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, जिल्लाका उच्च पदस्थ अधिकारीहरु, राजनीतिक दलका नेताहरु, सम्बन्धित सरोकारवाला तथा पत्रकारहरुको उपस्थिति रहने जनाइएको छ ।
मोटरेबल पुल बनेपछि विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको यातायात सेवा सहज रुपमा सुचारु हुने भएकाले यसले राष्ट्रिय महत्व बोकेको छ । तथापी, चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटमा गाउँपालिकाले उक्त मोटरेबल पुल निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाले खुम्बु पासाङल्हामु गाउँपालिकासँगको साझेदारीमा यो पुल निर्माण गर्न लागेको हो । ४८ मिटर लामो र ५० टन क्षमताको उक्त पुलको नाम नै माप्य–खुम्बु मितेरी पुल भनेर नामारण गरिएको छ ।गाउँपालिकाबाट चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत उक्तपुलका लागि २ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
८ करोड ३४ लाख रुपैयाँको टेण्डर भएर निर्माण कार्य अघि बढाइएको उक्त पुल निर्माणका लागि संघीय सांसदमार्फत १ करोड, प्रदेश सरकारबाट २ करोड रुपैयाँ विनियोजन भएको छ भने बाँकी रकम माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाबाट ५०/५० प्रतिशत हिस्सा बजेटको व्यवस्था गर्ने सम्झौता भएको छ ।
पुल बनेपछि यस क्षेत्रको सम्बृद्धिको थप ढोका खुल्ने गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई बताउनुहुन्छ । गाउँपालिका अध्यक्ष राईले यो पुल निर्माण गर्नका लागि ढुवानीको काम छिट्टै सुरु हुने जानकारी दिनुभयो ।

सोलुखुम्बुमा हिमपात (फोटो सहित)
२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)
२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा
विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स
-
सोलुखुम्बुमा हिमपात (फोटो सहित)
-
मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)
-
सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा
-
माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक
-
विद्युत परीक्षण प्रसारण हुने सम्बन्धी अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीको सुचना
-
अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै
-
सोलुखुम्बुमा हिमपात (फोटो सहित)
-
मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)
-
सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा
-
माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक
-
अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै
-
माप्य - खुम्बु मितेरी पुलको शिलान्यास
-
जीप दुर्घटनामा मृत्यु हुने ६ जनाको नाम खुल्यो, एक बालिका गम्भिर घाइते
-
अब स्थानीय सरकारको हिसाब खोजिन्छ - बलबहादुर केसी
-
सोलु आउँदै गरेको जिप दुर्घटना, दुई जनाको मृत्यु
-
जीप दुर्घट्ना : दुई महिना पनि टिकेन खुसी
-
लुक्लामा विमान दुर्घटना
-
बाटो बन्द हुँदा सोलुखुम्बु, खोटाङ र ओखलढुंगाका यात्रुहरु घुर्मीमा अलपत्र [भिडियो]
Copyright © 2019 - Solukhumbusamachar.com All rights reserved