सूचना विभाग द.नं. ६२९/०७४-७५

प्रधानमन्त्री खतरामुक्त

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: मंसिर १३, २०७६

१३ मंसिर २०७६  - एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ दिनसम्ममा डिस्चार्ज गर्न सकिने विश्वास चिकित्सकहरूले व्यक्त गरेका छन् ।

शुक्रवार अस्पतालमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले भने– '७ दिनभित्र उहाँलाई पठाउन सकिन्छ कि भन्ने छ । १० दिनभित्र नियमित काम गर्न सक्नुहुन्छ भन्ने विश्वास लिएका छौं ।' प्रधानमन्त्री ओली खतरामुक्त रहेको उनकी निजी चिकित्सक डा. दिव्यासिंहले बताइन् ।

प्रधानमन्त्री ओली पूर्ण खतरामुक्त हुनुभएको हो भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्– 'पूर्ण खतरामुक्त केलाई भन्ने, तपाईंहामी पनि पूर्ण खतरामुक्त छैनौं । उहाँको अहिलेको अवस्था खतरामुक्त हो, भविष्यको कुरा समयले नै बताउँछ ।'

प्रधानमन्त्रीको स्वास्थ्यमा सोचेभन्दा सुधार आएको चिकित्सकहरूले बताए । 'हामीले सोचेकोभन्दा एकदमै राम्रो सुधार, उहाँको आत्मविश्वासले पनि होला,' चिकित्सकहरूले भने ।


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स