सूचना विभाग द.नं. ६२९/०७४-७५

सदस्यहरुलाई दोर्पू नेवार समाजको सम्मान, सामाजिक हितका लागि अक्षयकोषको स्थापना

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: मंसिर १३, २०७६

१३ मंसिर २०७६/सोलुखुम्बु समाचार - दोर्पू नेवार समाजले सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेल्ने समाजका सदस्यहरुलाई सम्मान गरेको छ । समाजको २३ औं साधारण सभाको अवसर पारेर समाजले शुक्रबार समाजका २१ सदस्यलाई सम्मान गरेको हो । 

योङ्ग स्टार क्लवको सभाकक्षमा भएको समाजको साधारण सभाले अक्षय कोष स्थापना गर्ने समेत निर्णय गरेको छ । दोर्पू नेवार समाजका सदस्यहरुको हितलाई ध्यानमा राखेर स्थापना गरेको अक्षय कोषमा करिब चार लाख रुपैयाँ जम्मा भएको समाजले जानकारी दिएको छ । 

अक्षय कोषमा रामलाल श्रेष्ठ, राजकुमार श्रेष्ठ, भानुभक्त राजभण्डारी, चेतनारायण राजभण्डारी, दिलकुमार राजभण्डारी, रामकुमार श्रेष्ठ, मनोजकुमार श्रेष्ठ, सुरेश श्रेष्ठ, सरस्वती शाक्य, गृमी बज्राचार्य, सानुमाया राजभण्डारीले रकम जम्मा गरेकाछन् । 

यस्तै लालकाजी श्रेष्ठ, सुरेन्द्र राजभण्डारी, मन्त्री उदास, सुनिता कायस्थ, छबिनारायण राजभण्डारी, टंकनारायण श्रेष्ठ, रामकुमार राजभण्डारी, उमा शाक्य, बुद्धिनारायण श्रेष्ठ र भलाकाजी श्रेष्ठले पनि अक्षय कोषमा रकम जम्मा गरेको कोषाध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।  साधारण सभाले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ । IMG_0651 IMG_0665 IMG_0705 IMG_0703 IMG_0697 IMG_0744 IMG_0745 IMG_0694 IMG_0747 IMG_0746 IMG_0710


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स