सूचना विभाग द.नं. ६२९/०७४-७५

माप्य - खुम्बु मितेरी पुलको शिलान्यास

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: मंसिर 13, 2076

१३ मंसिर २०७६/सोलुखुम्बु समाचार - माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको गौरबको आयोजना माप्य–खुम्बु मितेरी ९ओर्लाङघाट० मोटरेबल पुलको शिलान्यास गरिएको छ । सोलुखुम्बुवाट निर्वाचित प्रतिनिधी सभाका सांसद हेमकुमार राई र प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले पुलको शिलान्यास गरेका हुन् ।

माप्य दुधकोशी गाउँपालिकाको वडा नम्बर १ र २ स्थित दुधकोशी नदिमा बन्ने मितेरी पुल शिलान्यास कार्यक्रमका सहभागीले पुल निर्माण पश्चात् सोलुखुम्बुमा पर्यटन विकासमा नयाँ आयाम थपिने बताए । माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको साथमा समग्र सोलुखुम्बुलाई पुलले सकारात्मक प्रभाब पार्ने उनीहरुको भनाई छ ।

पुल निर्माणका लागि प्रदेश नम्बर १ वाट २ करोड, संघीय सांसद हेमकुमार राईको संसदीय कोषवाछट एक करोड रुपैयाँ उपलब्ध हुनेछ भने दुवै गाउँपालिकाले पनि लगानी गर्नेछन् । पुल निर्माणका लागि ८ करोड ३४ लाख ८० हजार रुपैयाँको ठेक्का सम्झौता सम्पन्न भइसकेको बताइएको छ ।

शुक्रबार भएको शिलान्यास कार्यक्रममा दुवै गाउँपालिकाका अध्यक्ष, जिल्लाका उच्च पदस्थ अधिकारीहरु, राजनीतिक दलका नेताहरुका साथमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । मोटरेबल पुल बनेपछि विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको यातायात सेवा सहज रुपमा सुचारु हुने भएकाले यसले राष्ट्रिय महत्व बोकेको छ ।

४८ मिटर लामो र ५० टन क्षमताको उक्त पुल बनेपछि यस क्षेत्रको सम्बृद्धिको थप ढोका खुल्ने माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

IMG_0749 IMG_0750 IMG_0751

111 3333 222 55555


 

सोलुखुम्बु विद्युतको राष्ट्रिय प्रशारण लाईनमा जोडिँदै, शनिबार उद्घाटन

उद्घाटन कार्यक्रम झारो टार्ने मात्रै - मेयर शेर्पा / जिल्लाबासीको लागि ठुलो उपलब्धी - सांसद राई / सोलुका

आस्था राउत प्रकरणः संस्कारको कुरा गर्दा संस्कारी हुनुपर्दैन ? (कसले के भने ?)

३ माघ २०७६ - गायिका आस्था राउत फेरि एकपटक समाचारका हेडलाइनमा छाएकी छिन् । प्रहरीलाई गाली गलौज गरेको भिडि

गएरातिदेखि झरीः यस्तो छ तीन दिनको मौसम

३ माघ २०७६ - मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। अहि