सूचना विभाग द.नं. ६२९/०७४-७५

कठै यी जुम्ल्याहा ! के छुट्याउलान् त डाक्टरले ?

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: फाल्गुन 2, 2074

दैवले पनि कसैकसैलाई साह्रै अन्याय गर्दोरहेछ । यी दुई वर्षका जुम्ल्याहा बच्चालाई हेर्दा यही महसुस हुन्छ । पूर्वी भारतको ओरिसास्थित कन्धामल गाउँको एउटा विपन्न परिवारमा जन्मेका जुम्ल्याहा बालक हनि र सिंहको टाउको जोडिएको छ, त्यो पनि एकदम अप्ठेरो कोणमा ।

डाक्टरहरुले जटिल शल्यक्रियाबाट उनीहरुको टाउको छुट्याउन सकिने सम्भावना व्यक्त गरेका छन् । तर, दैनिक गुजारा गर्नलाई नै द्यौद्यौ पर्ने परिवारले उपचार खर्च धान्न सक्ने कुरै भएन ।

२५ वषिर्या पुष्पाञ्जली कन्हारले स्थानीय एक अस्पतालमा ९ मार्च, २०१५ मा यी बच्चालाई जन्म दिएकी थिइन् । पहिलोचोटि आफ्ना जुम्ल्याहा छोरालाई देख्दा उनी निकै आत्तिएकी थिइन् ।

तत्कालै उनीहरुको टाउकोको स्क्यान गर्दा दुवैसँग अलग-अलग ब्रेन रहेको र टाउकोको माथिल्लो भाग मात्रै जोडिएको पाइयो । आफ्ना छोराहरुलाई छुट्याउने शल्यक्रिया गर्न सम्भव रहेको थाहा पाएपछि यी बाबुआमामा कसैले सहयोग गरिदेला कि भन्ने आशामा बसिरहे ।

अहिले आएर ओरिसाको राज्य सरकारले सहयोगको प्रतिवद्धता जनाएको छ । परिवारले चाँडै नै नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्िटच्यूट अफ मेडिकल साइन्सेज हस्पिटलका डाक्टरलाई भेट्दैछन् ।

कन्धामलका मेडिकल अफिसर डा. स्वप्नेश्वर गडनायकले भने, ‘यस्ता खालका केही केसहरुमा शल्यक्रिया गरेर टाउको छुट्याउन सम्भव भएको छ । तर ब्रेन पनि आपसमा जोडिएको भए चाहिँ एकदमै गाह्रो हुन्छ । यी बच्चाहरुको केसमा अझै धेरै अनुसन्धानको खाँचो छ ।’

बनिबुतो गरेर महिनाको १६ सय भारु कमाउने बाबु भुवल कुमारले छोराहरु जन्मेदेखि नै उपचारका लागि सहयोग जुटाउने प्रयास गर्दै आएका थिए ।

उनले भने, ‘मेरा छोराहरु जन्मेपछि मैले उपचारका लागि प्रयास गरेँ । तर, मेरो आर्थिक अवस्थाले गर्दा त्यो सम्भव भएन । अन्त्यमा मैले सबै आशा त्यागिसकेको थिएँ ।’

यी बाबुआमाका अरु दुई छोराहरु छन्, ९ वषिर्य अजित र ६ वषिर्य दाखिया । उनीहरु दुवै स्वस्थ छन् ।

पुष्पाञ्जली भन्छिन्, ‘म हनि र सिंहलाई पनि उनीहरुका दाजुहरु जस्तै खेलेको कुदेको हेर्न चाहन्छु । उनीहरु स्कुल गएको र छुट्टाछुट्टै जीवन बाँचेको हेर्न चाहन्छु ।’

2ins-5 2ins-4 2ins-6


 

सोलुखुम्बु विद्युतको राष्ट्रिय प्रशारण लाईनमा जोडिँदै, शनिबार उद्घाटन

उद्घाटन कार्यक्रम झारो टार्ने मात्रै - मेयर शेर्पा / जिल्लाबासीको लागि ठुलो उपलब्धी - सांसद राई / सोलुका

आस्था राउत प्रकरणः संस्कारको कुरा गर्दा संस्कारी हुनुपर्दैन ? (कसले के भने ?)

३ माघ २०७६ - गायिका आस्था राउत फेरि एकपटक समाचारका हेडलाइनमा छाएकी छिन् । प्रहरीलाई गाली गलौज गरेको भिडि

गएरातिदेखि झरीः यस्तो छ तीन दिनको मौसम

३ माघ २०७६ - मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। अहि