सूचना विभाग द.नं. ६२९/०७४-७५

जीप दुर्घटनामा मृत्यु हुने ६ जनाको नाम खुल्यो, एक बालिका गम्भिर घाइते

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: असार १५, २०७५

१५ असार २०७५/सोलुखुम्बु समाचार - नेचा सल्यानवाट सल्लेरी आउँदै गरेको जीप सल्यान महादेव भीरमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सल्लेरी आउँदै गरेको को १ ज १८६० नम्बरको बोलेरो डबल क्याब जिप दुर्घटनामा परी एक बालिका गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिए । 

अन्दाजी सात आठ बर्षिय बालिका सुस्मा खड्काको सोलु अस्पताल फाप्लुमा उपचार भई रहेको र अवस्था गम्भिर रहेको बताइएको छ । 

दुर्घटनामा नेचा सल्यान २ की २५ बर्षिय शुसिला खड्का, नेचा सल्यान २ कै ३५ बर्षिय उर्मिला बास्तोला, खोटाङ खाल्टेका २४ बर्षिय कोपिला बस्नेत कार्की, सिराहाका ३६ बर्षिय शिवकुमार यादव, ओखलढुंगा माम्खा ५ का ४० बर्षिय श्यामकुमार राई र उदयपुर सिरिसेका २१ बर्षिय का कुसाङ तामाङको मृत्यु भएको अधिकारीले सोलुखुम्बु समाचारलाई जानकारी दिए । 

जीपमा सात जना सवार रहेको र मृत्यु हुने मध्ये यादव इलाका बन कार्यालयको कर्मचारी रहेको अधिकारीले जानकारी दिए । - फोटो Dina Raj Bastola को फेसबुकवाट


 

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स

माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक

डि.वि.खालिङ/१८ मंसिर २०७६ - माप्य दुधकोशी गाउँपालिकाले ग्रामिण आँखा क्लिनिक औपचारिक रुपमा शुरु गरेको छ । त

अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै

१७ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुमा निर्माणधिन अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीले मंसिर