सूचना विभाग द.नं. ६२९/०७४-७५

सोलु आउँदै गरेको जिप दुर्घटना, दुई जनाको मृत्यु

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: आश्विन 1, 2075

१ असोज २०७५/सोलुखुम्बु समाचार - काठमाण्डौवाट सोलुखुम्बु आउँदै गरेको टाटा सुमो दुर्घटना हुँदा दुई बिदेशी नागरिकको मृत्यु भएको छ । सोमबार मध्यान्न ए वान सिटी भिलेज यातायात प्रा.लि.को ना १ ज ७९६९ नम्बरको जिप कटारी नगरपालिका १४, घुर्मी बजार नजिक दुर्घटना हुँदा अष्ट्रेलियन नागरिक ७० बर्षिया हुसे कान्त र ७७ बर्षिय हुसेक रुडालको मृत्यु भएको हो । 

रुडालको उपचारको क्रममा र कान्तको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।  घाइते हुनेहरुमा काठमाण्डौ बागेश्वरीका मनोज रोक्का, नेलेका सुजन बस्नेत, नेलेकै इन्द्र बहादुर बस्नेत, बाराका अर्जुन पाण्डे रहेकाछन् । यस्तै नेलेका सरस्वती बस्नेत, ओखलढुंगा श्रीचौरका लोकबहादुर तामाङ (चालक) र सल्लेरी च्याल्साकी याङछी शेर्पा रहेकाछन् । 

घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

 


 

सोलुखुम्बु विद्युतको राष्ट्रिय प्रशारण लाईनमा जोडिँदै, शनिबार उद्घाटन

उद्घाटन कार्यक्रम झारो टार्ने मात्रै - मेयर शेर्पा / जिल्लाबासीको लागि ठुलो उपलब्धी - सांसद राई / सोलुका

आस्था राउत प्रकरणः संस्कारको कुरा गर्दा संस्कारी हुनुपर्दैन ? (कसले के भने ?)

३ माघ २०७६ - गायिका आस्था राउत फेरि एकपटक समाचारका हेडलाइनमा छाएकी छिन् । प्रहरीलाई गाली गलौज गरेको भिडि

गएरातिदेखि झरीः यस्तो छ तीन दिनको मौसम

३ माघ २०७६ - मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। अहि