
डा. रेणुका 'सोलुु' को चिराक बजारमा
- सोलुखुम्बु समाचार
- प्रकाशित मिति: माघ ५, २०७५

५ माघ २०७५/सोलुखुम्बु समाचार - डा. रेणुका ‘सोलु’को उपन्यास ‘चिराक’ बजारमा आएको छ । उपन्यासको शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाएर लेखिएको चिराकमा पश्चिम नेपालको भूगोल, समाज र संस्कृतिलाई चित्रण गरिएको छ ।
महिला हिंसाका घटना अशिक्षित र विपन्न परिवारमा मात्रै नभई शिक्षित र सम्पन्न परिवारमा पनि विकराल छ भन्ने तथ्यलाई लेखकले पुस्तकमा उतारेकी छन् । विमोचन कार्यक्रममा समालोचक प्रा. डा. लक्ष्मण गौतमले पुस्तकको बलियो पक्ष नै शिक्षित परिवारभित्रको महिला हिंसाको उजागर भएको टिप्पणी गरे ।
पढाइमा समेत तेज उपन्यासकी मूल पात्र तुलसी कसरी लैंगिक विभेदका कारण पारिवारिक तनावमा पर्छिन् र समानताको अधिकारको लडाइँमा चिराक बनेर उभिन्छिन् भन्ने सन्देश पुस्तकले दिन्छ । यौन मनोविज्ञान, पुरुषप्रधान समाज र मानसिकताले जकडिएको समाजका खराब पक्षलाई पृथक् रुपमा समेटिएका कारण पुस्तकको लोकप्रियता बढ्ने समालोचक साहित्यकार गिता केशरीले बताइन् ।
यस्तै, समालोचक प्रा. डा. ज्ञानु पाण्डेले नारी र पुरुष समाजका समान हैसियतका पात्र भएकाले उनीहरुको अधिकार र स्वतन्त्रता पनि बराबरी हुनुपर्ने विचार राखिन् । त्यसका लागि साहित्यिक कृतिमार्फत लेखकले न्याय गरेको उनको टिप्पणी छ । अर्की साहित्यकार माया ठकुरीले ‘चिराक’ विमोचनकै दिनबाट लोकप्रियताको बाटोमा हिँडिसकेको बताइन् । पश्चिमेली भाषा संस्कृतिलाई दुरुस्तै पुस्तकमा समेट्नु असाधारण भएको उनको भनाइ छ ।
लेखक ‘सोलु’ले उपन्यासमा साहित्यिक फुर्काहरुलाई कम महत्व दिँदै समाजको वास्तविक चित्र जस्ताको तस्तै ल्याउन झर्रा शब्दको बढी प्रयोग गरिएको बताइन् ।
सगरमाथा प्रतिभा प्रतिष्ठानले प्रकाशन गरेको २ सय ४० पेजको चिराकको वितरक ऐरावती प्रकाशनले गरेको छ । लेखक रेणुका ‘सोलु’को यो दोस्रो उपन्यास हो । यसअघि, उनको उपन्यास ‘भीर मह’ बजारमा आएको छ । उनका ‘गुलाफ फुल्न खोज्दा’ आत्म संस्मरण, ‘अस्तित्वको खोजी’ कथासंग्रह, ‘उपन्यासकार बिपीका नारी पात्रमा नीति चेतना’ समालोचनालगायत १२ वटा कृति प्रकाशित छन् ।


सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा
मंसिर १८, २०७६
विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स

माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक
मंसिर १८, २०७६
डि.वि.खालिङ/१८ मंसिर २०७६ - माप्य दुधकोशी गाउँपालिकाले ग्रामिण आँखा क्लिनिक औपचारिक रुपमा शुरु गरेको छ । त

अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै
मंसिर १७, २०७६
१७ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुमा निर्माणधिन अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीले मंसिर
-
सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा
-
माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक
-
विद्युत परीक्षण प्रसारण हुने सम्बन्धी अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीको सुचना
-
अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै
-
माप्य - खुम्बु मितेरी पुलको शिलान्यास
-
सदस्यहरुलाई दोर्पू नेवार समाजको सम्मान, सामाजिक हितका लागि अक्षयकोषको स्थापना
-
सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा
-
माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक
-
अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै
-
माप्य - खुम्बु मितेरी पुलको शिलान्यास
-
सदस्यहरुलाई दोर्पू नेवार समाजको सम्मान, सामाजिक हितका लागि अक्षयकोषको स्थापना
-
प्रधानमन्त्री खतरामुक्त
-
जीप दुर्घटनामा मृत्यु हुने ६ जनाको नाम खुल्यो, एक बालिका गम्भिर घाइते
-
अब स्थानीय सरकारको हिसाब खोजिन्छ - बलबहादुर केसी
-
सोलु आउँदै गरेको जिप दुर्घटना, दुई जनाको मृत्यु
-
जीप दुर्घट्ना : दुई महिना पनि टिकेन खुसी
-
लुक्लामा विमान दुर्घटना
-
बाटो बन्द हुँदा सोलुखुम्बु, खोटाङ र ओखलढुंगाका यात्रुहरु घुर्मीमा अलपत्र [भिडियो]
Copyright © 2019 - Solukhumbusamachar.com All rights reserved