
सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० आगामी फागुन ९ गते सोलुखुम्बु आउने कार्यक्रम तय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाबी सभालाई बालेनले सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपा सोलुखुम्बुले जनाएको छ ।
फागुण २१ को प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले सोलुखुम्बुमा चुनावी गतिविधि समेत तीव्र बनाएको छ । सोलुखुम्बुमा रास्वपावाट ऋषिधन राई उम्मेदवार रहेका छन् ।





