सोलुखुम्बु समाचार
सोलुखुम्बु । अहिलेसम्म पेल्ट्रिक सेट र सोलारका भरमा चलिरहेको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ र ५ काँकुमा लघु जलविद्युत आयोजना निर्माण कार्य जारी छ । काँकु क्षेत्रको विद्युत विस्तारका लागि काँकु भुंगरा खोला लघु जलविद्युत नामक ७० किलोवाट क्षमताको आयोजना अघि बढाइएको हो ।
कादुरी एग्रीकल्चर एड एसोसिएसन, ब्रिटिस गोर्खाज नेपाल परियोजना ९केएए बीजीएन०ले ४ करोड ६० लाख रुपैयाँ लगानीमा सो आयोजना अघि बढाएको हो । परियोजनामा स्थानीयको श्रमदानबाट पोल गाड्नेलगायतको काम गरिने छ ।
माप्य दुधकोशी गाउँपालिका र वडाको स्वीकृतिपछि कादुरीका प्रमुखको टोलीले आयोजनाको स्थलगत अवलोकन भ्रमण गरेपछि गत २०७७ मंसिर १४ गतेबाट औपचारिक रुपमा काम शुरुवात गरिएको हो ।
लघु जलविद्युत आयोजना सुरु भएको ६ महिना अवधिभित्र आयोजना पूरा गर्नेगरी काम अघि बढाइएको र अहिलेसम्म करिब ५० प्रतिशत काम सकिसकेको आयोजनाका सचिव महेश राईले जानकारी दिए । यस आयोजनाबाट देफ्कु, बाबरर्ख, वोरउ, ओदु, कोफु, घे्रनफु, गैरीगाउँ, सरिमा ९सुरिम्य०, रोक्फुल, थालख्वाम्, भगरे, बोब्दु, मुलखर्क, बंगुरफर्म, कागतेको ३६० घर धुरी लाभान्वित हुनेछन् ।
बुर्दम र काँकुखोलाको पानी मिसाएर बनाइने आयोजनाको विद्युतगृह कोफु, बाबरर्ख र ओदुको दोभानमा रहनेछ । कादुरीको तर्फबाट सुपरभाइजर लिालाराज राईको नेतृत्वमा ९ जना दक्ष जनशक्तिमार्फत काम भइरहेको छ ।
उक्त लघुजलविद्युत आयोजना उपभोक्ता समितिको अध्यक्षमा डिकश्वर राई, उपाध्यक्षमा भैबहादुर राई, सचिवमा महेश राई र कोषाध्यक्षमा शर्मिला राई रहनुभएको छ । – शिखरपोष्ट