महाकुलुङको निशाना छाप संशोधन गर – शेर्पा संघ

महाकुलुङको निशाना छाप संशोधन गर – शेर्पा संघ

  • सोलुखुम्बु समाचार

  • सोमवार, पुस २७, २०७७

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 817
    SHARES

  • महाकुलुङको निशाना छाप संशोधन गर – शेर्पा संघ

    सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले हालै लागू गरेको निशाना छाप प्रति नेपाल शेर्पा संघ, महाकुलुङले आपत्ती जनाएको छ । संघले निशाना छाप समावेशी नभएको भन्दै विज्ञप्ती निकालेर आपत्ती जनाउँदै संशोधनको माग गरेको हो ।

    यहि पुस २४ गतेदेखि गाउँपालिकाले कार्यान्वयनमा ल्याएको निशाना छापमा कुलुङ समुदाय बाहेकको अपनत्व नझल्कने भन्दै शेर्पा संघले आधिकारिक निशाना छाप अस्वीकार गर्ने जनाएको छ ।

    गाउँ कार्यसमितिका अध्यक्ष पासाङ छिरिङ शेर्पा र सचिब ङिमा शेर्पाले सोमबार जारी गरेको विज्ञप्तीमा निशाना छाप संशोधन गरेर सार्वजनिक गर्न माग गरिएको छ ।
    गाउँपालिकाले प्रयोगमा ल्याएको निशाना छापको माथिल्लो भागमा नेपालको चन्द्र सुर्य अंकित झण्डा, त्यसमुनी हिमाल र तालतलैया समाबेश गरिएको छ ।

    दाँयाबायाँ मयूरको प्वाँख र अल्लोको चित्र प्रयोग गरिएको छ भने ढोलक, चिण्डो, विनायो र मुर्चुङगालाई पनि समाबेश गरिएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार