सोलुखुम्बु समाचार
सोलखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादले सोलुखुम्बुमा समेत तिब्रता लिएको छ । केही दिन अघि नेकपाको ओली समुह नजिक रहेकाहरुले भुपेन्द्र राईको संयोजकत्वमा गठन गरेको जिल्ला सम्मेलन आयोजक कमिटी प्रति नेकपाकै अर्को पक्ष (प्रचण्ड-नेपाल)nले आपत्ति जनाउँदै कारबाही गरेको छ ।
मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै नेकपाका जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी ईन्चार्ज रामबहादुर राई (राम किरण) को नेतृत्वमा बसेको अनेरास्ववियु (प्रचण्ड–नेपाल) को बैठकले सम्मेलन आयोजक कमिटिका संयोजक रहेका भुपेन्द्र राई सहित लक्षमण खालिङ, सरोज भट्टराई, कुमार विष्ट, श्यामकुमार राई, मनिष नाछिरिङ र गैरव राईलाई संगठनको साधारण सदस्य समेत नहरने गरि कारबाही गरेको छ।
संगठनको विधि, विधान विपरित अराजक गतिविधि गर्दै प्रतिगमनको पक्षमा उभिएको भन्दै उनीहरुलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरिएको अनेरास्ववियूले विज्ञप्ती मार्फत् जानकारी दिएको छ ।