बिबाह बन्धनमा बाधिदै गायिका अन्जु पन्त

बिबाह बन्धनमा बाधिदै गायिका अन्जु पन्त

  • सोलुखुम्बु समाचार

  • बिहिबार, माघ २२, २०७७

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 2.8K
    SHARES

  • बिबाह बन्धनमा बाधिदै गायिका अन्जु पन्त

    नेपाली गित संगीतको क्षेत्रमा एक अचार्चित नाम हो अन्जु पन्त, उनको गित नसुन्ने र उनलाई नचिन्ने सायद कम नै होलान, सुमधुर स्वरकी धनि गायिका अन्जु पन्त नेपाली गायन क्षेत्रकी एक धरोहर नै हुन् भन्दा फरक नपर्ला। गायन क्षेत्रमा आफ्नो नाम उच्च स्थानमा राख्न सफल भैसकेकी गायिका अन्जु पन्त गायन क्षेत्रमा प्रबेस गरे देखि आज सम्म हीट नै छिन भने पछिल्लो समय उनको बिहेको हल्ला बाहिर आएको छ।

    एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले बिहेको तयारी गर्न लागेको कुरा बाहिर आएको छ । उनले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् भने दुबैको परिवारमा बिहेको कुराकानी भैरहेको तर मिति भने तय नभएको जानकारी आएको छ । केहि वर्ष देखि प्रेममा भएको र अब तत्काल बिबाह बन्धनमा बाधिन लागेको खबर बाहिर आएको हो।

    थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको र बिस्तारै उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले शेयर गरेको देखिन्छ । अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन्। अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार