इन्जिनियरिङ प्रवेश परीक्षा – सोलुखुम्बुका सुमनले गरे ‘नेपाल टप’

इन्जिनियरिङ प्रवेश परीक्षा – सोलुखुम्बुका सुमनले गरे ‘नेपाल टप’

  • सोलुखुम्बु समाचार

  • शुक्रबार, माघ ३०, २०७७

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 4K
    SHARES

  • इन्जिनियरिङ प्रवेश परीक्षा – सोलुखुम्बुका सुमनले गरे ‘नेपाल टप’

    सोलुखुम्बु । इन्जिनियरिङ अध्ययन संस्थाको प्रवेश परीक्षामा सोलुखुम्बुका सुमन तामाङले पहिलो नम्बरमा नाम निकाल्न सफल भएकाछन् । संस्थानले माघ १४ गतेदेखि २८ गतेसम्म लिएको B.E./B.Arch.तहको प्रवेश परीक्षामा सुमनले सर्वोत्कृष्ट नतिजा निकाल्न सफल भएका हुन् ।

    प्रवेश परीक्षाको नतिजा बिहिबार प्रकाशन गरिएको हो । सुचना प्रविधिको आधारमा कम्प्युटर विधिमार्फत् परीक्षा सञ्चालन भएको इन्जिनियरिङ अध्ययन संस्थान, प्रवेश परीक्षा बोर्डले जनाएको छ ।

    कुल १२४०० जना परीक्षार्थी प्रवेश परीक्षामा सहभागी भएकोमा सुमन सर्वोत्कृष्ट भएका हुन् । सुमनका बुबा पीटी लोप्चन पत्रकार हुन् ।

    सुमनले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल हुनुमा घरपरिवारका साथमा समाज, विद्यालय, कलेज सबैको योगदान रहेको लोप्चनले बताए । उत्कृष्ट नतिजासँगै चुनौति थपिएको भन्दै सुमनले सिभिल इन्जिनियरिङ अध्ययन गर्ने बताए । उनले पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययन गर्ने योजना बनाएकाछन् ।

    सर्वोत्कृष्ट बनेसँगै सुमनले निशुल्क इन्जिनियरिङ अध्ययन गर्न पाउनेछन् ।

    सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ९ स्थायी घर भई सल्लेरी स्थित माउण्ट एभ्रेष्ट इंग्लीस सेकेण्डरी स्कुलमा एस.ई.ई. सम्मको अध्ययन गरेका सुमनले कक्षा ११ र १२ अध्ययन काठमाण्डौस्थित सिसिआरसी कलेजमा गरेका हुन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार