सोलुखुम्बु : ७ करोडको लागत साझेदारीमा दुई पर्यटन पूर्वाधार विकास गरिने

सोलुखुम्बु : ७ करोडको लागत साझेदारीमा दुई पर्यटन पूर्वाधार विकास गरिने

  • सोलुखुम्बु समाचार

  • आइतवार, फाल्गुन २, २०७७

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 3.5K
    SHARES

  • सोलुखुम्बु : ७ करोडको लागत साझेदारीमा दुई पर्यटन पूर्वाधार विकास गरिने

    सोलुखुम्बु । सरकारले सोलुखुम्बुको दुई पर्यटन पूर्वाधार निर्माणका लागि ११ करोड रकम खर्च गर्ने भएको छ । लागत साझेदारीमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकामा एक एक पर्यटन पूर्वाधार आयोजना सञ्चालन गरिने भएको हो ।

    सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको माघ २९ गतेको निर्णय अनुसार देशभर २ सय पर्यटन आयोजना छनौट हुँदा सोलुखुम्बुवाट दुई पर्यटन आयोजना छनोट भएको हो ।

    पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रबद्र्धन गर्ने उद्देश्यले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारीको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास गर्ने कार्यक्रम अन्तरगत सोलुदुधकुण्ड नगरपालिकाको पत्ताले पार्क निर्माण आयोजनाका लागि सात करोड रकम अनुमान गरिएको छ ।

    जसमा सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले चार करोड ५५ लाख र सोलुदुधकुण्ड नगरपालिकाले दुई करोड ४५ लाखको लागत साझेदारी गर्नेछन् ।

    ३ बर्षमा सम्पन्न हुने यस आयोजनावाट नगर क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको रहेको छ ।
    यस्तै मन्त्रालयले सोलुखुम्बुकै थुलुङ दुधकोशी गाउँपालिकाको सुकेपोखरी पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि चार करोड रकम खर्च गर्नेछ । जसमा मन्त्रालयले २ करोड ८० लाख र गाउँपालिकाले एक करोड २० लाख रकमको लागत साझेदारी गर्नेछन् ।

    २ बर्षमा सम्पन्न हुने यस आयोजनाले ऐतिहासिक, साँस्कृतिक, पवित्र, पुरातात्विक रमणीय क्षेत्र सुकेपोखरीको मुहार फेरिने मात्र नभई पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण हुने गाउँपालिका अध्यक्ष असिम राईको भनाई छ ।

    पर्यटन मन्त्रालयका अनुसार प्रदेश १ मा ५५ पर्यटन आयोजना छनौट भएकाछन् ।सरकारले  गत  साउन  २६  गते  पर्यटकीय  गन्तव्यको  विकास गर्ने  उद्देश्यसहित  सङ्घ,  प्रदेश  र  स्थानीय  सरकारको  साझेदारीमा सञ्चालन  गर्नसक्ने  आयोजनाका  लागि  निर्देशिका  स्वीकृत  गरेको थियो ।

    सम्बन्धित विषय

    प्रतिक्रिया

    सम्बन्धित समाचार