स्टेशनमा आगला’गी हुँदा सोलु एफ.एम.को सम्पूर्ण उपकरण न’ष्ट, भवनमा पनि क्ष’ति

स्टेशनमा आगला’गी हुँदा सोलु एफ.एम.को सम्पूर्ण उपकरण न’ष्ट, भवनमा पनि क्ष’ति

  • सोलुखुम्बु समाचार

  • सोमवार, फाल्गुन १७, २०७७

  • अनुमानित पढ्ने समय : 2 मिनेट

  • 2.3K
    SHARES

  • स्टेशनमा आगला’गी हुँदा सोलु एफ.एम.को सम्पूर्ण उपकरण न’ष्ट, भवनमा पनि क्ष’ति फोटो/मनोज श्रेष्ठ

    नागरिक सहयोगका लागि सोलु एफ.एम.को अपिल

    सोलुखुम्बु । सोलुखुम्बुको सोलु एफ.एम.मा आगला’गी हुँदा सम्पूर्ण उपकरण जलेर न’ष्ट भएको छ । आइतबार मध्यरातमा भएको आगला’गीवाट उपकरणका साथमा फर्निचर र भवनमा समेत क्ष’ति हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्ष’ति भएको प्रारम्भिक अनुमान गरिएको रेडियोले जनाएको छ ।

    रेडियोको अन एयर रुमवाट शुरु भएको आगला’गीवाट रेडियोको सम्पूर्ण प्राविधिक उपकरण, फर्निचर ज’लेर न’ष्ट भएको स्टेशन म्यानेजर भोजराज कार्कीले बताए । आगला’गीवाट रेडियोको ५ वटा कोठा पूर्ण रुपमा क्ष’ति हुनका साथै अन्य ३ वटा कोठामा आंशिक क्ष’ति भएको छ । आगला’गीवाट रेडियोकै भवनमा रहेको योंग स्टार केबल टिभी र मनकामना नेटवर्कको इन्टरनेटमा समेत क्ष’ति पुगेको योंग स्टार क्लव तथा सोलु एफएम सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए ।

    आगला’गीको कारण खुल्न सकेको छैन । आगला’गी स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, सोलुदुधकुण्ड नगरपालिकाको दमकल सेवा लगायतको संयुक्त प्रयासमा करिब ४ घण्टामा नियन्त्रणमा लिइएको थियो ।

    अब’रुद्ध प्रसारण सुचारु गर्न सहयोगका लागि अपिल

    आगला’गीका कारण प्राविधिक उपकरण र भवनमा क्ष’ति पुगी अब’रद्ध भएको सोलु एफएमको प्रसारणलाई पुनः सुचारु गर्न सहयोग गर्न सोलु एफएमले सबैलाई अपिल गरेको छ ।

    सोलु एफएम सञ्चालक संस्था योंग स्टार क्लवको सोमबार बिहान बसेको आकस्मिक बैठकले तत्काल अस्थायी रुपमा रेडियो सञ्चालन सुचारु गर्न आवश्यक सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

    सोलु एफएमको आग्रह बमोजिम नागरिक स्तरवाट स्वेच्छिक रुपमा आर्थिक सहयोग गर्ने क्रम शुरु भएको सहयोग संकलन समितिका संयोजक मनोज श्रेष्ठले जानकारी दिए । पूर्वी नेपालको पहिलो सामुदायिक रेडियोको रुपमा सोलु एफएम २०६१ भदौ ११ गतेदेखि सञ्चालनमा आएको थियो ।

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार