बिपदमा रेडियोलाई नागरिक सहयोग, रेडियोहरुले पनि गरे सहयोग

बिपदमा रेडियोलाई नागरिक सहयोग, रेडियोहरुले पनि गरे सहयोग

  • सोलुखुम्बु समाचार

  • मङ्लबार, फाल्गुन १८, २०७७

  • अनुमानित पढ्ने समय : 2 मिनेट

  • 1.8K
    SHARES

  • बिपदमा रेडियोलाई नागरिक सहयोग, रेडियोहरुले पनि गरे सहयोग

    सोलुखुम्बु । आईतबार मध्यरातमा रेडियो स्टेशनमा आगला’गी भई संकटमा परेको सोलु एफएमलाई नागरिक स्तरवाट सहयोगको क्रम शुरु भएको छ । सबै उपकरण, फर्निचर जलेर न’ष्ट हुनुका साथै भवनमा ठूलो क्षतिका कारण प्रसारण अबरुद्ध भए पछि रेडियो र रेडियो सम्बद्ध व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत् सहयोगको आव्हान गरेपछि रेडियोलाई स्वस्फूर्त रुपमा सहयोग गर्ने क्रम शुरु भएको हो ।

    रेडियोको सञ्चालक संस्था योङ्ग स्टार क्लवले रेडियो पुनः सञ्चालनमा ल्याउन सोमबार बैठक बसी रेडियोका लागि सहयोग संकलन समिति नै गठन गरेको थियो । समितिका संयोजक रहेका मनोजकुमार श्रेष्ठले सहयोगका लागि सार्वजनिक रुपमा आव्हान गरिएको र आर्थिक तथा सामग्री सहयोग आउन शुरु भएको बताए । उनले देश बिदेशमा रहेकाहरुवाट नगदै र सहयोगको प्रतिबद्धताका साथमा उपकरण सहयोग प्राप्त भइरहेको जानकारी दिए ।

    मंगलबारसम्म करिब ५० जनाले आर्थिक सहयोगको प्रतिबद्धता गरेको उनले बताए ।

    बिपदमा रेडियोलाई रेडियोकै सहयोग

    आगला’गीका कारण प्रसारण बन्द रहेको सोलु एफएमलाई रेडियोहरुले पनि सहयोग गरेको छ । हिमाल एफएम, रेडियो जनकपुर र रेडियो नमोबुद्धले सोलु एफएमलाई सहयोग गरेको हो ।

    सोलु एफएमलाई सोलुखुम्बुकै अर्को रेडियो हिमाल एफएमले मंगलबार ब्यारेक्स सहयोग गरेको छ । सोलु एफएमलाई शिघ्र प्रसारण सुचारु गर्ने कुरामा सहयोग गर्ने हेतुले स्टुडियो र टावर विच लिंक कायम गर्ने मुख्य उपकरण ब्यारिक्स ईन्कोडर हिमाल एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले सोलु एफएमका अध्यक्ष बुद्धिनारायण श्रेष्ठलाई मंगलबार हस्तान्तरण गरे ।

    ब्यारिक्स हस्तान्तरण गर्दै निरौलाले आगलागीका कारण सोलु एफएमलाई ठूलो क्षति भएको भन्दै विपदको सामना सञ्चार गृहहरुले मिलेर गर्नुपर्ने बताए । सो अबसरमा योङ स्टार क्लब तथा सोलु एफएमका अध्यक्ष बुद्धिनारायाण श्रेष्ठले संकटको घडीमा सहयोगको हात अगाडी बढाएको भन्दै हिमाल एफएमलाई धन्यवाद दिए ।

    यस्तै रेडियो नमोबुद्ध काभ्रेले सोलु एफएमलाई १० हजार सहयोग गरेको छ । सहयोग रकम रेडियो नमोबुद्धका अध्यक्ष भक्त स्याङदन र स्टेशन म्यानेजर हिरा लामाले सोलु एफएम सहयोग संकलन समितिका सदस्य नुतन श्रेष्ठलाई मंगलबार काठमाण्डौमा हस्तान्तरण गरेका हुन् ।

    यसै गरी रेडियो जनकपुरले सोलु एफएमलाई नगद १० हजार र मिक्सचर सहयोग गर्ने स्टेशन म्यानेजर शितल शाहले जानकारी दिएकाछन् ।

    पूर्वी नेपालको पहिलो सामुदायिक रेडियोको रुपमा सञ्चालित सोलु एफएममा आइतबार राती आगला’गी हुँदा एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीको कारण हालसम्म पत्ता लागेको छैन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार