एमाले सोलुखुम्बुका ११ जनालाई ७ दिने स्पष्टीकरण

एमाले सोलुखुम्बुका ११ जनालाई ७ दिने स्पष्टीकरण

  • सोलुखुम्बु समाचार

  • आइतवार, बैशाख १२, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 1.3K
    SHARES

  • एमाले सोलुखुम्बुका ११ जनालाई ७ दिने स्पष्टीकरण

    सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सोलुखुम्बुले ११ जनालाई स्पष्टीकरण सोधेको छ । पार्टीको समानान्तर गतिविधीमा सम्लग्न भएको सार्वजनिक भए लगत्तै स्वेच्छाले समानान्तर गतिविधीमा सम्लग्न नभएको भए विज्ञप्ती निकाल्न सचेत गराइएको मध्ये ११ जनालाई स्पष्टीकरण सोधेको एमाले सोलुखुम्बुले जनाएको छ ।

    जिल्लामा पार्टीको समानान्तर कमिटी गठन र प्रदेश कमिटी सदस्यमा मनोनयनको खबर सार्बजनिक भएसंगै बिज्ञप्ति निकालेर सच्चिनका लागि बैशाख १० गतेसम्मको समय सीमा दिएको एमाले जिल्ला कमिटीले समयावधि भित्र पार्टीको निर्देशन कार्यान्वयन नगरेका कारण स्पष्टीकरण सोधिएको नेकपा एमाले सोलुखुम्बुका संगठन बिभाग प्रमुख हर्क नाछिरिङ रार्इले जानकारी दिए ।

    उनका अनुसार आइतबार स्पष्टीकरण सोधिएका एमाले सोलुखुम्बुका पुर्व अध्यक्षसमेत रहेका आङ ङिमा लामा, बुद्धिकिरण राई, सुजाता राई, जुद्ध बहादुर कार्की, दोर्जी जाङ्बु लामा, डिल्ली राई, प्रेमकुमार श्रेष्ठ, दोर्जी सुशील शेर्पा, नन्दराज गुरुङ, सन्तोष थापा मगर र मानबीर राई रहेका छन्।

    नेकपा एमालेको बिधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९(क) को १,२,३,४,५,६,७ (ख) बमोजिम जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला र सचिब आशकुमार राई ‘शिशिर’ को संयुक्त हस्ताक्षरबाट सोधिएको स्पष्टीकरणमा जवाफका लागि ७ दिनको म्याद दिइएको छ । ७ दिने समय सीमा भित्र चित्तबुझ्दो जवाफ नआए जिल्ला कमिटीले पार्टी बिधान अनुसार कारबाही गर्ने बताइएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार