कोरोना कहर : ३७ जनाको मृ’त्यु, ७ हजार ४४८ संक्रमित

कोरोना कहर : ३७ जनाको मृ’त्यु, ७ हजार ४४८ संक्रमित

  • सोलुखुम्बु समाचार

  • सोमवार, बैशाख २०, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 684
    SHARES

  • कोरोना कहर : ३७ जनाको मृ’त्यु, ७ हजार ४४८ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृ’त्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।

    नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम आइसोलेसनमा र तीन हजार ८६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    उपचाररत संक्रमितमध्ये ५७८ जना आईसीयूमा र १४२ जना भेन्टिलेटरमा रहेका छन् । काठमाडौं उपत्यकामा ११८१ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये १७१ जना आईसीयूमा र ५६ जना भेन्टिलेटरमा रहेका छन् ।

    कोरोना भाइरस संक्रमणबाट मृ’त्यु हुनेको संख्या तीन हजार ३६२ पुगेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार