सोलुखुम्बु : ५ दिन निषेधाज्ञा थप

सोलुखुम्बु : ५ दिन निषेधाज्ञा थप

  • सोलुखुम्बु समाचार

  • बुधबार, जेष्ठ २६, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 494
    SHARES

  • सोलुखुम्बु : ५ दिन निषेधाज्ञा थप

    सोलुखुम्बु । सोलुखुम्बुमा पुनः ५ दिन निषेधाज्ञा थप गरिएको छ । यस अघि थप गरिएको निषेधाज्ञाको अबधि आज बुधबार मध्यरातमा सकिन लाग्दा पुनः ५ दिन निषेधाज्ञा थप गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको अध्यक्षतामा बसेको डिसिसिएमसिको वैठकको निर्णय अनुसार जेठ ३१ गते सम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

    कोरोना संक्रमण बढ्दै जाँदा सोलुखुम्बुमा पनि गत बैशाख २६ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार