Solukhumbhu Samachar

Advertisment

SKIP THIS

नयाँ ८ मन्त्रीले लिए सपथ

नयाँ ८ मन्त्रीले लिए सपथ

  • सोलुखुम्बु समाचार

  • बिहिबार, जेष्ठ २७, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 1K
    SHARES

  • नयाँ ८ मन्त्रीले लिए सपथ

    काठमाडौं । नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । नयाँ सात मन्त्रीलाई राष्ट्रपति तथा एक राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ गराएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।

    आज थप भएका वन तथा वातावरणमन्त्रीमा नारदमुनी राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा मोहन वानियाँ, गृहमन्त्रीमा खगराज अधिकारी, संचारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र वनराज्यमन्त्रीमा आशा विक छन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार