Solukhumbhu Samachar

Advertisment

SKIP THIS

अलपत्र छिरिङको उद्दार गरिँदै

अलपत्र छिरिङको उद्दार गरिँदै

  • सोलुखुम्बु समाचार

  • आइतवार, साउन ३, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 665
    SHARES

  • अलपत्र छिरिङको उद्दार गरिँदै

    सोलुखुम्बु । सदरमुकाम सल्लेरीमा अलपत्र अवस्थामा रहेका एक युवकलाई उद्दार गरिने भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ६ नयाँ बजारमा बिगत केही बर्षदेखि अलपत्र अवस्थामा रहेका छिरिङ शेर्पालाई स्टार युथ क्लवको बिशेष सहयोगमा सल्लेरीकी माया शेर्पाले उद्दार गरी काठमाण्डौ सुधार केन्द्रमा लान लागेकी हुन् ।

    छिरिङलाई सोमबार काठमाण्डौ लाने तयारी गरिएको मायाले बताइन् । आफ्नो निजी खर्चमा छिरिङको उपचार गर्न लागेको मायाले जानकारी दिइन् । छिरिङको स्वास्थ्यमा सुधार हुन्जेलसम्मका लागि आफूले अभिभावकत्व ग्रहण गर्ने र हालका लागि उनलाई काठमाण्डौको टोखास्थित एक सुधार केन्द्रमा राख्ने व्यवस्था मिलाइएको मायाको भनाई छ ।

    विगत केही बर्षदेखि नयाँ बजार क्षेत्रमा अलपत्र अवस्थामा रहेका छिरिङ बजारको टहराको चिसो भुईमा दिनरात बिताउँदै आएका थिए । घरपरिवारको बेवास्ताका कारण छिरिङ अलपत्र अवस्थामा आइपुगेको बताइएको छ ।

    छिरिङको उद्दारमा सक्रिय माया सामाजिक काममा सक्रिय छिन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार