राष्ट्रिय महिला फुटबुलमा सोलुखुम्बुकी प्रितीको डेब्यु, बंगलादेश बिरुद्ध एक गोल

राष्ट्रिय महिला फुटबुलमा सोलुखुम्बुकी प्रितीको डेब्यु, बंगलादेश बिरुद्ध एक गोल

  • सोलुखुम्बु समाचार

  • शुक्रबार, भदौ २५, २०७८

  • अनुमानित पढ्ने समय : 2 मिनेट

  • 5.3K
    SHARES

  • राष्ट्रिय महिला फुटबुलमा सोलुखुम्बुकी प्रितीको डेब्यु, बंगलादेश बिरुद्ध एक गोल

    काठमाण्डौ । राष्ट्रिय महिला टोलीवाट शुक्रबार डेब्यु गरेकी प्रिती राईको डेब्यु “ड्रिम डेब्यु” भएको छ । पहिलो पटक राष्ट्रिय महिला राष्ट्रिय टोलीमा पर्न सफल भएकी प्रितीले एक गोल गर्दै खेलको सर्वोत्कृष्ट खेलाडी समेत बनेर फुटबलमा लामो यात्रा तय गर्न निस्केको प्रमाणित गरिन् ।

    उत्कृष्ट खेलाडी बनेर २५ हजार रुपैयाँ नगद पुरस्कार समेत प्राप्त गरेकी प्रिती सोलुखुम्बुकी हुन् । सोलुखुम्बु महाकुलुङ की प्रितीले बिहिबार पहिलो पटक सिनियर टोलीवाट खेल खेल्दै बंगलादेशलाई मैत्रीपूर्ण खेलमा २–१ ले जित निकाल्न टिमका लागि महत्वपूर्ण योगदान दिइन् ।

    प्रितीले २३ औं मिनेटमा गोल गरेकी थिइन् । सरु लिम्बुले लिएको चलाखीपूर्ण पासमा प्रितीले एक डिफिन्डरलाई विट गर्दै पेनाल्टी बक्स बाहिरबाट गोल गरेकी थिइन् । नेपालको लागि अर्को गोल सबिता राना मगरले गरेकी थिइन् ।

    खेलपछिको पत्रकार सम्मेलनमा प्रितीले अझै राम्रो गर्न सकिन्छ भन्ने विश्वास आफूमा रहेको बताइन् । प्रशिक्षकले आफूमाथि गरेको विश्वास र आफूले पाएको मौकालाई सदुपयोग गर्ने कोशिस गरेको प्रितीले बताइन् । प्रिती एपिएफ क्लबबाट व्यसायिक फुटबल खेल्दै आएकी छिन् ।

    यसटक सात खेलाडी राष्ट्रिय टालीमा परेका थिए भने त्यसमध्ये प्रिती र सवितासहित ४ खेलाडीले डेब्यूको अवसर पाए । परिवर्तित खेलाडीका रुपमा सृजना सिंह र रश्मीकुमारी घिसिङले डेब्यू गरे । हिराकुमारी भुजेलको ठाँउमा सृजना ८३ औं मिनेटमा र मन्जलीकुमारी योन्जनको ठाँउमा रश्मी ८५ औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यू गरेका थिए ।

    असोजको पहिलो साता उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोटको तयारीका क्रममा नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल्दैछ । दोस्रो खेल आइतबार हुनेछ । उज्वेकिस्तानमा नेपालले फिलिपिन्स र हङकङसँग छनोट खेल्नेछ । तीन टोलीले एक अर्कासँग खेलेपछि समूहको शीर्ष टोली यसै वर्ष भारतमा आयोजना हुने एसियन कपका लागि छनोट हुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार