Solukhumbhu Samachar

Advertisment

SKIP THIS

सोलुखुम्बु कांग्रेस : नगर सभापतिमा मिङ्मार र सोनामको उम्मेदवारी घोषणा

सोलुखुम्बु कांग्रेस : नगर सभापतिमा मिङ्मार र सोनामको उम्मेदवारी घोषणा

  • सोलुखुम्बु समाचार

  • शुक्रबार, भदौ २५, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 1.5K
    SHARES

  • सोलुखुम्बु कांग्रेस : नगर सभापतिमा मिङ्मार र सोनामको उम्मेदवारी घोषणा

    सोलुखुम्बु । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तरगत सोलुदुधकुण्ड नगरपालिकाको नगर सभापतिमा मिङ्मार शेर्पा र सोनाम ग्याल्जेन शेर्पाले उम्मेद्धारीको घोषणा गरेका छन् । वडा नम्बर २ का अध्यक्ष रहेका मिङमार शेर्पा र सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य रहेका सोनाम ग्याल्जेन शेर्पाले शुक्रबार नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    दुवैले फरक फरक समूहवाट नगर सभापतिको उम्मेदवार बन्न लागेका हुन् । शुक्रबार आयोजित एक कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै वडा नम्बर २ का अध्यक्ष समेत रहेका मिङमार शेर्पाले कांंग्रेसलाई गुट उपगुटवाट टाढा राख्ने कोशिस गरिएको भएपनि सानो झुण्डमा रमाउने पार्टीका केही नेताहरुका कारण चुनावी प्रक्रियामा जानुपर्ने बाध्यता सिर्जना भएको बताए ।

    विद्यार्थी राजनीतिवाट राजनीतिमा आएका शेर्पाले पूर्व मन्त्री एवं कांग्रेस नेता बलबहादुर केसीको समर्थनमा उम्मेदवारी दिन पाउनु युवा पुस्ताको लागि खुशीको कुरा भएको बताए ।

    उता नेता आङ गेलु शेर्पा समूहको तर्फवाट सोनाम ग्याल्जेन शेर्पाले नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले शुक्रबार नै एक सञ्चार माध्यमसँग कुराकानी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

    पर्यटन व्यवसायमा समेत सम्लग्न सोनाम ग्याल्जेन शेर्पाले नगरको नेतृत्व गर्ने स्पष्ट दृष्टिकोण र कार्ययोजना आफूसँग रहेकोले नगरसभापतिको जिम्मेवारीमा दाबी गरेको बताउँदै सबैलाई समेटेर लैजाने बताए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार