Solukhumbhu Samachar

Advertisment

SKIP THIS

परीक्षा हल भित्र टिकटक बनाएर पोस्ट गर्ने परिक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द हुने

परीक्षा हल भित्र टिकटक बनाएर पोस्ट गर्ने परिक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द हुने

  • सोलुखुम्बु समाचार

  • सोमवार, अशोज ४, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 741
    SHARES

  • परीक्षा हल भित्र टिकटक बनाएर पोस्ट गर्ने परिक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द हुने

    सम्बन्धित विद्यालयको परीक्षा केन्द्र समेत खारेज हुन सक्ने

    काठमाडौं । परिक्षा हल भित्र टिकटक बनाएर पोष्ट गरेको पाइएमा त्यस्ता विद्यार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा हलमा नै मोवाइल लगेर उत्तरपुस्तिकाको फोटो खिचेर टिकटर बनाई सामाजिक सञ्जालमा राख्ने लगायतका गतिविधिप्रति बोर्डको ध्यानाकर्षण भएको भन्दै बोर्डले यस्तो चेतानवी दिएको हो ।

    राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षा हलमा मोवाइल लगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस निषेध गरिएको जानकारी गराउदैँ बोर्डले यस्ता कार्य गर्नु परीक्षाको मर्यादा विपरित रहेको जनाएको हो ।

    यस्ता क्रियाकलाप नगर्न र नगराउन सम्बन्धित विद्यार्थी, शिक्षक तथा विद्यालयलाई अनुरोध गर्दै बोर्डले परीक्षालार्य व्यवस्थित, मर्यादित एवम विश्वसनीय बनाउने कार्यमा सहयोग गर्न अपिल गरेको छ । – nepalpress

    प्रतिक्रिया

    सम्बन्धित समाचार