शिक्षकको पेशागत हक अधिकारको रक्षाका प्रतिबद्ध – सोलु काँग्रेस

शिक्षकको पेशागत हक अधिकारको रक्षाका प्रतिबद्ध – सोलु काँग्रेस

  • सोलुखुम्बु समाचार

  • सोमवार, अशोज ११, २०७८

  • अनुमानित पढ्ने समय : 2 मिनेट

  • 988
    SHARES

  • शिक्षकको पेशागत हक अधिकारको रक्षाका प्रतिबद्ध – सोलु काँग्रेस

    सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुले १४ औं महाधिवेशनका क्रममा नेपाल शिक्षक संघका सदस्यहरु निर्वाचनमा सहभागिताका विषयलाई लिएर उठेका कानुनी एवम् राजनीतिक विषयवस्तुमा संघ सदस्यहरुको अधिकार रक्षाका लागि पार्टी कानुनी एवम् राजनीतिक रुपमै शिक्षकहरुका पक्षमा उभिने प्रतिवद्धता जनाएको छ ।

    नेपाल शिक्षक संघले नेपाली काँग्रेसका नेताहरुकै संलग्नतामा आफूहरु विरुद्ध उच्च अदालत विराटनगर अस्थायी इजलाश ओखलढुंगामा मुद्दा दायर गरिएको आरोप लगाउँदै त्यस्ता व्यक्तिहरुमाथि कारवाही नगरे मंगलबार हुने गाउँ तथा नगरअधिवेशनमा संघका तर्फबाट कुनै पनि शिक्षकलाई मतदान अधिकृतका रुपमा नखटाउने निर्णय गरिएको भन्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट नेपाली काँग्रेस सोलुखुम्बुका सभापति विनोदकुमार बस्नेतले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । उच्च अदालतले गत शुक्रबार सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ११ बाट निर्वाचित ५ जना कर्मचारी र शिक्षक भएको देखिएको भन्दै उनीहरुलाई निर्वाचनमा सहभागी नगराउन अल्पकालीन आदेश जारी गरेको थियो ।

    सोमबार विज्ञप्ति जारी गर्दै सभापति बस्नेतले शिक्षक संघका कुनै पनि सदस्यहरु शिक्षा ऐन नियमावली विपरीत पार्टीको कुनै पनि कार्यकारी पदमा कहीं कतै नहरेको स्पष्ट पर्दै यस सम्बन्धमा कुनै पनि सार्वजनिक सञ्चारमाध्यमहरुले भ्रमपूर्ण समाचार संप्रेषण नगर्न नेपाली काँग्रेस आवद्ध सदस्यहरुले सार्वजनिक रुपमा टिकाटिप्पणी नगर्न र सरकारी निकायहरुले अनावश्यक दुःख नदिन समेत सचेत गराएका छन् । पार्टीको १४ औं महाधिवेशन सफल पार्न अहोरात्र खटिएका शिक्षक संघका प्रतिनिधिहरुलाई मंगलबार हुने अधिवेशन सम्पन्न गर्न सहभागिता जनाउन आग्रह गर्दै बस्नेतले अपसी छलफल, संवाद एवम् सहकार्यका माध्यमबाट समस्याको निराकरण गर्नुपर्ने उल्लेख गरेका छन् ।

    नेपाली काँग्रेस सोलुखुम्बु शिक्षक संघको पेशागत हक अधिकारको रक्षाका लागि सधैं प्रतिवद्ध रहेको उल्लेख गर्दै जारी विज्ञप्तिमा बस्नेतले नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सोलुखुम्बु एवम् स्थानीय समितिहरुले विज्ञप्तिमार्फत् उठाएका विषयहरुप्रति कार्यसमितिको ध्यानाकर्षण भएको जनाएका छन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार