Solukhumbhu Samachar

Advertisment

SKIP THIS

युवा संघ सोलुमा प्रवेश किरांती, युथफोर्स संयोजकमा साजन

युवा संघ सोलुमा प्रवेश किरांती, युथफोर्स संयोजकमा साजन

  • सोलुखुम्बु समाचार

  • सोमवार, अशोज ११, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 817
    SHARES

  • युवा संघ सोलुमा प्रवेश किरांती, युथफोर्स संयोजकमा साजन

    सोलुखुम्बु । राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बुको अध्यक्षमा प्रवेश किराँती चयन भएकाछन् । सोमबार सल्लेरीमा भएको नेकपा एमाले निकट राष्ट्रिय युवा संघको भेला तथा युथफोर्स घोषणा कार्यक्रमले किराँतीलाई युवा संघको अध्यक्ष र साजन मगरको संयोजकत्वमा युथ फोर्स जिल्ला कमिटी गठन भएको हो ।

    युथफोर्स नेपालका संयोजक तथा राष्ट्रिय युवा संघका उपाध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले प्रवेश किरांतीको अध्यक्षतामा ८७ सदस्यीय युवा संघ जिल्ला कमिटी गठन भएको भेला आयोजक समितिका संयोजक योगेश श्रेष्ठले जानकारी दिए । युथफोर्सको जिल्ला कमिटीको हालको सदस्य संख्या भने १ सय १ सदस्यीय रहेको छ ।

    भेलालाई विशेष अतिथि नेकपा एमाले प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी,नेकपा एमाले प्रदेश १ कमिटी सदस्यद्वय मानबीर राई र महेश किरांती,सोलुखुम्बु जिल्ला अध्यक्ष डुफकुमार बास्तोला,सचिब शिशिर खालिङ,सचिवालय सदस्य वीर उदास श्रेष्ठ र जुनिता मगर, राष्ट्रिय जनसांस्कृतिक मन्च सोलुखुम्बुका संयोजक बिशेष खालिङ लगायत राष्ट्रिय युवा संघ नेपालका अन्य केन्द्रीय तथा प्रदेश नेताहरूले सम्बोधन गरेका थिए।

    प्रतिक्रिया

    सम्बन्धित समाचार