सोलुखुम्बु : लेक लागेर एक पर्यटकको मृ’त्यु

सोलुखुम्बु : लेक लागेर एक पर्यटकको मृ’त्यु

  • सोलुखुम्बु समाचार

  • शनिबार, अशोज ३०, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 1K
    SHARES

  • सोलुखुम्बु : लेक लागेर एक पर्यटकको मृ’त्यु

    सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका ४ फेरुचेमा लेक लागेर एक भारतिय नागरिकको ज्या’न गएको छ । खुम्बु क्षेत्र भ्रमणमा आएका १९ बर्षीय पुरुष मेजिन (MAZIN) को ज्यान लेक लागेर शुक्रबार दिउँसो ज्या’न गएको जिल्ला प्र’हरी कार्यालय सोलुखखुम्बुका प्रहरी नायब उपरीक्षक डिएसी कवित कटवालले जानकारी दिए ।

    गाईड तथा अन्य साथी समेत नभएका उनी असोज २८ गते विहिबार खुम्बु पासाङल्हामु गाउँपालिका ४ थुक्ला स्थित याक होटलमा बास बसेको बताइएको छ ।

    शुक्रबार बि’रामी भएपछि उपचारका लागि स्थानीयले बोकेर हिमालय अल्टिच्युट हेल्थ पोष्ट फेरुचे लगेको उनको त्यहि ज्या’न गएको खुम्बु सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

    नाम्चेबाट दुई दिनको पैदल दुरीमा पर्ने सो क्षेत्रमा मोबाईलको नेटवर्क नहुँदा सञ्चारमा समस्या भएको छ ।

    मृ’तक पर्यटकको अभिलेख इन्ट्रिमा समेत नभएकाले कहाँबाट कसरी प्रबेश गरे भन्ने विषयमा अन्यौल भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार