सोलुखुम्बु : जिल्ला खेलकुद समितिको अध्यक्षमा डि.बी. रानापाल

सोलुखुम्बु : जिल्ला खेलकुद समितिको अध्यक्षमा डि.बी. रानापाल

  • सोलुखुम्बु समाचार

  • बिहिबार, कार्तिक ४, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 988
    SHARES

  • सोलुखुम्बु : जिल्ला खेलकुद समितिको अध्यक्षमा डि.बी. रानापाल

    सोलुखुम्बु । जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा डि.बी. रानापाल नियुक्त भएकाछन् । प्रदेश १ को खेलकुद विकास बोर्डले प्रदेशका सबै जिल्लाहरुका खेलकुद समितिहरुमा नेतृत्व चयन गर्दा सोलुखुम्बुको नेतृत्व रानापालले पाएका हुन् । समितिको सोलुखुम्बु उपाध्यक्षको जिम्मेवारी डिकामाया सुनुवारलाई दिइएको छ ।

    रानापालले यस अघि पनि पटक पटक जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नेतृत्व गरिसकेकाछन् ।

    प्रदेशका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्स्म्सोहाङको नेतृत्वमा बुधबार बसेको प्रदेशको खेलकुद विकास बोर्डले प्रदेशका १४ जिल्लामा नेतृत्व चयन गरेको हो ।

    लामो समय देखि खेलकुद समितिहरु रिक्त रहेकाले यसलाई महत्वपूर्ण उपलब्धि मान्नु पर्ने प्रदेश १ खेलकुद विकास बोर्डका सदस्यसचिव तथा नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले बताएका छन् ।

    ‘प्रदेश १ को खेलकुद विकास बोर्डमा हामी आएपछि निकै द्रुत गतिमा हामीले काम सुरु गरेका छौँ,’ उनले भने, ‘आजको पहिलो बैठकले नै सबै जिल्लाहरुको नेतृत्वको चयन गरेको छ ।’

    यसले प्रदेश १ को खेलकुदलाई अब थप चलायामान बनाउन सहयोग गर्ने पनि बस्नेतले बताएका छन् ।

    १४ जिल्लामा चयन भएका खेलकुद विकास समितिका नेतृत्वहरु यसप्रकार रहेका छन्ः

    प्रतिक्रिया

    सम्बन्धित समाचार