सोलुखुम्बु : कांग्रेस कार्य समितिमा को को निर्वाचित भए ? (सूचिसहित)

सोलुखुम्बु : कांग्रेस कार्य समितिमा को को निर्वाचित भए ? (सूचिसहित)

  • सोलुखुम्बु समाचार

  • आइतवार, मंसिर ५, २०७८

  • अनुमानित पढ्ने समय : 2 मिनेट

  • 380
    SHARES

  • सोलुखुम्बु : कांग्रेस कार्य समितिमा को को निर्वाचित भए ? (सूचिसहित)

    सोलुखुम्बु । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तरगत जिल्ला नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सकिएको छ । गत बिहीवार भएको मतदानको मतगणना शनिबार राती सकिएको निर्वाचन समितिले जनाएको छ ।

    जिल्ला कार्य समितिको सभापतिका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गरेनन् । कार्यसमितिका अन्य पदाधिकारी निर्वाचित भएपनि सभापतिका लागि भने विधान बमोजिम ५१ प्रतिशत मत आवश्यक पर्छ । जसका कारण पुनः मतदान हुने सम्भावना बढेर गएको छ ।

    नेपाली काङ्ग्रेस सोलुखुम्बुको सभापतिका लागि नाम्गेल जाङ्बु शेर्पा, विनोद कुमार बस्नेत र राम बहादुर बस्नेतको उम्मेद्वारी परेको थियो । मत परिणाम अनुसार सभापतिका उम्मेदवार नाम्गेल जाङ्बु शेर्पाले ४ सय १८ र बिनोदबाबु बस्नेतले ४ सय २८ मत प्राप्त गर्नुभएको छ ।

    अर्का उम्मेदवार रामबहादुर थापाले ५ मत प्राप्त गरेको बताइएको छ। निर्बाचनमा ८ सय ८२ मत खसेको थियो।

    जिल्ला कार्यसमितिको उपसभापतिमा घनराज सुनुवार र फुदोर्जी शेर्पा, सचिवमा भलाकाजी कुलुङ र युबराज घिमिरे, सहसचिवमा ङिमाछिरि शेर्पा र उत्रमान राई विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

    शनिबार सम्पन्न मतगणनाबाट सभापति बाहेक ३६ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएका छन् । सभापतिमा सहमति नभएको खण्डमा आज नयाँ मतदानको मिति तोकिने जनाइएको छ ।

    प्राप्त मत विवरण यस प्रकार छ :

    सम्बन्धित विषय

    प्रतिक्रिया

    सम्बन्धित समाचार