खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा २ सुत्केरीको उद्दार

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाकाले २ जना सुत्केरी महिलालाई उद्दार गरि थप उपचारका लागि काठमाण्डौ पठाएको छ । गाउँपालिकाका २ जना सुत्केरीहरुको आज एकैसाथ उद्धार गरिएको हो ।

गाउँपालिकाले थप उपचारका लागि वडा नम्बर २ का दावा याङजी शेर्पा र वडा नम्बर ४ का डोका शेर्पालाई हेलिकोप्टर मार्फत् काठमाण्डौ पठाएको गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए। २ जनालाई नै लुक्लाबाट हेलिकप्टर मार्फत काठमाडौ पठाइएको हो ।

दुवै जनाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने छ । गाउँपालिका केन्द्रसम्म सडक सञ्जाल नजोडिएको यो गाउँपालिकामा खराब मौसमका कारण बर्षा याममा उडान नहुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ।