• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बुमा स्थानिय सञ्चित कोष ब्यवस्थापन सम्बन्धी प्रशिक्षण चल्दै

  • जेठ २२, २०७६
  • सोलुखुम्बु समाचार
alt

२२ जेठ २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुमा स्थानिय सञ्चित कोष ब्यवस्थापन प्रणाली जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । महालेखा नियन्त्रक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयको आयोजनामा मंगलबारदेखि सल्लेरीमा शुरु भएको तीन दिने तालिम शुरु भएको हो ।

नेपाल सरकार मन्त्रिपरिषदको बैशाख १६ को निर्णय र संघिया मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जेठ १२ को निर्णय बमोजिम सबै स्थानीय तहमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली मार्फत् बजेट निर्माण खर्च लेखांकन तथा प्रतिवेदन प्रशिक्षण गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका प्रमुख राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा महालेखा नियन्त्रक कार्यालयका प्रमुख बाबुराम सुबेदीले  नेपालमा संघियता पछिका आर्थिक कार्यबिधि र चुनौतीका बिषयमा प्रशिक्षण दिइरहेकाछन् ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रमा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राईले स्थानीय तहले गरेको बजेटिङ केन्द्र सरकारसम्म पुर्याउनु पर्ने भन्दै बजेटको उच्चतम् प्रयोग र व्यवस्थापनमा सबैले आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने आवश्यक्ता औल्याए ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पा, उपप्रमुख कल्पना राई, प्रमुख जिल्ला नरेन्द्र कुमार राना मगर लगायत्ले विभिन्न कोष व्यवस्थापनका लागि सबै प्रशिक्षित हुनु पर्नेमा जोड दिए ।

प्रशिक्षणमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बाहेक सबै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, लेखा प्रमुख तथा सहयाक कार्यक्रम तथा बजेट हेर्ने अधिकारी र आइटी अधिकारीको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईको प्रमुख आतिथ्यता र कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका प्रमुख राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन भएको हो ।

```

`` 2 ` 1

 

 

 

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved