• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

मुख्यमन्त्री कप प्रदेश लिगका लागि सोलुखुम्बुको फुटबल टिम छनौट

  • असार १४, २०७६
  • सोलुखुम्बु समाचार
alt

कप्तानको जिम्मेवारी बालकृष्णलाई 

१४ असार २०७६/सोलुखुम्बु समाचार -  मुख्य मन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताका लागि सोलुखुम्बु जिल्लाको टिम छनौट गरिएको छ । प्रतियोगिताका लागि बालकृष्ण के.सी.को कप्तानीमा २५ खेलाडी छनौट गरिएको हो ।  असार १६ गतेदेखि उदयपुरको गाइगाटमा शुरु हुने प्रतियोगिता जित्ने लक्ष्यकासाथ सोलुखुम्बुको फुटबल टिम आइतबार गाइघाट जाने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डि.बी. रानापालले जानकारी दिए । 

टिममा अमिर के.सी., सागर राजभण्डारी, सम्पूर्ण श्रेष्ठ, अर्जुन राई, प्रविन कार्की, मञ्जिल श्रेष्ठ, राम तामाङ, दिपक तामाङ, देव्यास्त्र मगर, जीवन राई, सन्दिप मगर, सन्तोष तामाङ खेलाडी रहेकाछन् ।  यस्तै पोषण श्रेष्ठ, दिपेन्द्र राई, जीवन तामाङ, प्रकाश मगर, थिरराज राई, ग्याल्जेन शेर्पा, अब्राहम बानिया, पिके शेर्पा र सुवास घिमिरे पनि प्रतियोगिताका लागि छनौट भएकाछन् । प्रदिप बराइली, फुर्वा तामाङ र विवेक शाक्य तीन जना गोल किपरको रुपमा छनौट भएकाछन् । 

मुख्यमन्त्री कप प्रदेश लिग फुटबल तीन जिल्लामा हुनेछ । उदयपुर, इलाम र धनकुटामा प्रतियोगिता सञ्चालन हुनेछ । गाइघाटमा हुने शुरुवाती खेलमा सोलुखुम्बुले उदयपुर, खोटाङ, ओखलढुंगा र मोरङ जिल्लाको टिमसँग प्रतिस्पर्धा गर्नेछन् । 

यस्तै इलाममा झापा, इलाम, पाँचथर र ताप्लेजुङले प्रतिस्पर्धा गर्नेछन् भने धनकुटामा सुनसरी, धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाले प्रतिस्पर्धा गर्नेछन् ।  उदयपुरको गाइघाटमा हुने खेलको विजेता र उपविजेता टिमले अन्य जिल्लामा हुने खेलको विजेता र उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

टिमलाई जर्सी सहयोग
सोलुखुम्बुको फुटबल टिमलाई लाक्पा नुरु शेर्पाले जर्सी तथा ट्रयाक सुट सहयोग गरेकाछन् । खुम्बु पासाङल्हामु गाउँपालिका ४, फोर्चे निवासी शेर्पाले टिमको हौसला बढाउन सहयोग गरेको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले जनाएको छ ।

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved