• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

जहाँ गरिन्छ यौन खेलौनाको अन्तिम संस्कार

  • फाल्गुन २, २०७६
  • सोलुखुम्बु समाचार
alt

मान्छेको मृत्युमा धार्मिक मान्यता अनुसार फरक–फरक किसिमले अन्तिम संस्कार गर्ने प्रचलन हुन्छ । तर यो दुनियाँमा मान्छेको मात्र होइन, मानिसको यौन चाहना मेटाइदिने सेक्स डलको समेत अन्तिम संस्कार हुन थालेको छ ।

हो, जापानको एउटा कम्पनीले यौन खेलौनाको अन्तिम संस्कार गर्दैछ । उक्त कम्पनीले प्रयोगविहीन तथा अनावश्यक सेक्स डलहरूको अन्तिम संस्कार गर्न लागेको हो ।

 

सेक्स डलको अन्तिम संस्कारका लागि उक्त कम्पनीले करिब ९० हजार रुपैयाँबराबरको शुल्क लिन्छ । आफूसँग रहेका प्रयोगविहीन तथा अनावश्यक सेक्स डलहरूलाई उक्त कम्पनीमा लगेर नियमानुसारको शुल्क तिरेर अन्त्येष्टि गराउन सकिनेछ ।

सेक्स डलको अन्त्येष्टिका क्रममा ती खेलौनाहरूलाई एउटा मेसिनमा हालेर नष्ट गरिन्छ । यसरी मेसिनमा हालेर यौन खेलौनाको अन्त्येष्टि गर्नुअगाडि एकजना पोर्नस्टारले विधिपूर्वक ती यौनखेलौनाको चीरशान्तिका लागि प्रार्थना गर्नेछन् ।

जापानमा सेक्स डलको समेत विधि विधानपूर्वक अन्त्येष्टि गर्नुको खास कारण रहेछ । जापानी समाजमा हरेक खेलौनाहरूमा मानिसमा जस्तै आत्मा हुन्छ भन्ने मान्यता छ । जापानीहरू खेलौना फाल्नुलाई गलत ठान्दछन् ।

आखिर अरू मामुली खेलौनामा समेत आत्मा भएको ठान्ने जापानीहरूका लागि मान्छेको यौन चाहना पूर्ति गरिदिने यौन खेलौनामा आत्मा नहुने कुरै भएन । त्यसैले समाजको यो मान्यतालाई क्यास गर्दै ह्युमन लभ डल नामक कम्पनीले सेक्सडलको अन्त्येष्टि गर्ने कार्यक्रम सुरु गरेको छ ।

कम्पनीले आफ्नो वेबसाइटमा विभिन्न यौन खेलौनाहरूको अन्त्येष्टि गर्ने क्रममा खेलौनाहरूलाई चारैतर्फ फूलले ढाकिएका तस्वीरहरू राखेको छ । उसो त जापान सेक्स डलको बिक्रीको मामिलामा निकै अगाडि छ । बर्सेनि त्यहाँ २ हजार सेक्स डल बिक्री हुन्छन् ।

(एजेन्सीको सहयोगमा)

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved