• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

चिकित्सकले रुवाउन खोजे, रिसाइन् नवजात शिशु !

  • फाल्गुन १३, २०७६
  • सोलुखुम्बु समाचार
alt

एक नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यसको मुख्य कारण भनेको नवजात शिशुको एक्सप्रेशन । यो घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो । १३ फरवरीमा एक महिलाले शिशुलाई जन्म दिएकी थिइन् । नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरे । त्यसक्रममा नवजात शिशुले देखाएको प्रतिक्रियाबाट चिकित्सक छक्क परेका छन् ।

 

चिकित्सकका अनुसार शिशु जन्मिने समयमा रोएकी थिइनन् । नाभी काट्नु भन्दाअघि नवजात शिशुलाई रुवाउने कोशिस गरे । नवजात शिशु स्वस्थ्य रहेको र फोक्सोले राम्ररी काम गरेको सुनिश्चित गर्न शिशुलाई रुवाउने प्रयास गरिएको थियो । तर उक्त समयमा नवजात शिशुले धेरै रिसाएको प्रतिक्रिया देखाइन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण खुशीमय बनेको थियो ।

डेलीमेलका अनुसार डाइनी डे जेसस बारबोसाले नवजात शिशुको तस्वीर खिच्न स्थानीय प्रोफेशनल फोटोग्राफर रोड्रिगो कुन्सटमनलाई हायर गरेकी थिइन् । नवजात शिशु रिसाएको तस्वीर उनले कैद गरे, जुन अहिले भाइरल भएको छ ।

रोड्रिगाका अनुसार शिशु जन्मेपछि रोएकी थिइनन् । चिकित्सकले शिशुलाई रुवाउन कोशिस गरेका थिए । चिकित्सले रुवाउने प्रयास गर्दा शिशुले आँखा ठूला ठूला पारेकी थिइन् । तर उनी रोएकी थिइनन् । चिकित्सकले उनलाई आग्रह गर्दै भनेका थिए, ‘रोउ न ईशा’ । यसपछि शिशुले आफ्नो अनुहार गम्भीर बनाइन् ।

नाभी काटेपछि भने उनी रुन थालिन् ।

सम्बन्धित समाचारहरु

म्याराडोनाको निधन ...

विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षीय अर्जेन्टिनी फुटबल स्टारको &lsqu ...

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved