• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

नेलेमा लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टर स्थापना

  • फाल्गुन १९, २०७६
  • सोलुखुम्बु समाचार
alt

थुलुङदुधकोशी गाउँपालिकाको नेलेमा लक्ष्मी बैँकको एक्सटेन्सन काउण्टर स्थापना भएको छ । थुलुङदुधकोशी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको नेलेमा बैंकको एक्सटेन्सन काउण्टरको सोमबार गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गरे ।

उद्घाटनका क्रममा अध्यक्ष राईले बैंकको एक्सटेन्सन शाखा स्थापना गर्नेमा थुलुङ दुधकोशी गाउँपालिका जिल्लाकै पहिलो भएको दाबी गर्दै स्थानीयको माग बमोजिम काउण्टर स्थापना गरिएको बताए ।

कार्यक्रममा थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष घनराज सुनुवारले सामान्य बैंकिङ कामका लागि नेलेवाट अन्यत्र धाउनु पर्ने समस्याको अन्त्य भएको भन्दै खुशी व्यक्त गरे ।

एक्सटेन्सन काउण्टर भनिएपनि बैंकको शाखाले दिने सबै सेवा उपलब्ध हुने लक्ष्मी बैंक सल्लेरी शाखा प्रमुख प्रयास अधिकारीले जानकारी दिए । यसअघि लक्ष्मी बैंकले सोलुखुम्बुको सल्लेरी र मुक्लीवाट सेवा प्रदान गरिरहेको थियो ।

 

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved